काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौं जिल्ला कमिटीको बैठकमा शनिबार ओलीले उक्त कुरा बताएका हुन् ।
आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गर्दै ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई ठाउँ नभएको ओलीले बताएका हुन् । बाटो बिराएका एमाले नेताहरू जो माधवकुमार नेपालको पक्षमा रहेका छन् उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको बताए । ‘माधव नेपाल जस्ता आन्दोलनविरोधीहरूलाई कुनै ठाउँ छैन,’ उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !