काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतले प्रधानमन्त्री नियुक्तिको आदेश दिनु संवैधानिक हुन्छ त भनेर प्रश्न गर्नुभएको छ । संसद विघटन विरुद्धको मुद्दामाथिको सुनुवाइका क्रममा आइतबार सभामुख अग्निप्रसाद सापकोटाका वकिललाई प्रन्या जबराले उक्त प्रश्न सोध्नुभएको हो ।
सभामुखको तर्फबाट संवैधानिक इजलासमा बहस गरेका अधिवक्ता मेघराज पोख्रेललाई प्रन्या जबराले सोध्नुभयो, ‘१४६ जना सांसद अदालतमै आएका छन् । अब उनीहरूसँग बहुमत छ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिनु संवैधानिक हुन्छ त ?’उक्त प्रश्नको जवाफमा अधिवक्ता पोख्रेलले अदालतले प्रधानमन्त्री तोक्ने नभएर संविधानको उचित व्याख्या गरिदिनुपर्ने बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !