काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका नेता भीम रावलले वर्तमान सरकारलाई गैरजिम्मेवारीको संज्ञा दिएका छन्। अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालका लागि कूटनीतिक क्षमता सुदृढ हुनु अत्यावश्यक रहेको भन्दै नेता रावलले सरकारको निर्णयमाथि यस्तो बताएका हुन्।
आज बिहान सामाजिक संजालमार्फत् उनले मन्त्री भइसकेकाले राजदूत हुन स्नातक हुननपर्ने भनी सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सच्याउनु सरकारको गैरजिम्मेवारी रहेको उल्लेख गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !