काठमाडौं । निजी अस्पतालहरुले विभिन्न बहानामा सक्रमितहरुसँग लाखौं शुल्क असुल्दै आएको पाइएको छ । सरकारसँग सम्झौता गरेका निजी अस्पतालहरुले विभिन्न बहानामा सक्रमितहरुसँग लाखौं शुल्क असुल्दै आएको पाइएको हो ।पछिल्लो समय नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । नेपालमा संक्रमितको संख्या मात्रै नभई कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ ।
सरकारले संक्रमितहरुको उपचारका लागि सरकारी अस्पतालले मात्रै धान्ने अवस्था नभएपछि विभिन्न निजी अस्पतालहरुसँग पनि सम्झौता गरिरहेको छ । सम्झौता गरेको निजी अस्पतालहरुले संक्रमितहरुको उपचार गरेबापतको शुल्क सरकारले ब्यहोर्ने बताउँदै आएको छ । सरकारसँग सम्झौता गरेको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विभिन्न बहानामा सक्रमितहरुसँग लाखौं शुल्क असुल्दै आएको पाइएको छ ।
नोबेल शिक्षण अस्पतालले विभिन्न बहानामा शुल्क असुल्दै आएको संक्रमित विरामीहरुले गुनासो गरेका छन् । जहाँ एक संक्रमितका आफन्तले भनेका छन्, ‘नोबेल शिक्षण अस्पतालमा निःशुल्क उपचार हुन्छ भनेर आएको तर, अस्पतालले सबै सामान किन्न लगाउने गरेको छ ।’यसैबीच अस्पतालका प्रबन्धक नारायण दाहालले पनि सरकारसँग सम्झौता गरे अनुसार उपचारमा कठिन हुने भएकाले संक्रमतिहरुलाई नै पीपीई र औषधिलागतय किन्न लगाउने गरेको स्वीकारेका छन् ।
तर, जिल्ला प्रशासन कार्यालय मोरङले भने सरकारसँग सम्झौता गरेका अस्पतालहरुले निःशुल्क उपचार गर्नुपर्ने र संक्रमितसँग शुल्क लिएको पाइएमा अनुगमन गरेर कारवाही गरिने दाबी गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !