काठमाडाैं । सरकारले जनता समाजवादी पार्टी (जसपा)ले राखेकाे मागहरू पूरा गर्ने भएकाे छ ।मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गरूङले विभिन्न समयमा मुद्दा खेपिरहेकाे जसपाका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिकाे मुद्दा फिर्ता लिने निर्णय भएकाे बताए ।
महान्यायाधिवक्ता कार्यालयकाे रायका आधारमा मन्त्रिपरिषद् बैठकले मुद्दा फिर्ताकाे निर्णय लिएकाे प्रवक्ता गुरूङले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !