सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन ‘फ्लोर क्रस’ गर्दै मन्त्री बनेका नेकपा एमालेका ४ प्रदेश सांसदलाई पद र पार्टीबाट हटाउने तयारी भएको छ ।
आज बस्ने नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगाउन पार्टीको ह्विपविपरीत पक्षमा मत दिने ४ प्रदेश सांंसदलाई पार्टी र प्रदेश सभा सदस्य पदबाट हटाउन लागेको हो ।तसाता पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री शाही नेतृत्वको सरकार ढल्नबाट जोगाएका थिए ।

















