Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दैनिक दुई हजार संक्रमित पुग्दैमा बेडको हाहाकार


काठमाडौं । ललितपुर एकान्तकुनाका ६० वर्षी­य कैलाश राईलाई कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिन सास फेर्न गाह्रो भयो । अक्सिजन लेभल घट्न थालेपछि उनले पाटन अस्पतालमा टेलिफोन गरेर आइसोलेसन बेड खाली छ वा छैन भनी सोधपुछ गरे । अस्पतालका कोभिड संयोजक डा. विमल पाण्डेले सबै बेड भरिएको जानकारी दिदैँ भने, ‘हाम्रो पुरै १ सय ३० बेड संक्रमितले भरिएको छ, एक पटक अन्य अस्पतालमा प्रयास गर्नु न ।’

त्यसपछि उनले वीर अस्पतालका कोभिड संयोजक डा. अच्युतराज कार्कीलाई सोधे । त्यहाँबाट पनि त्यस्तै जवाफ पाए । त्यसपछि त्रिवि शिक्षण अस्पताल महाराजञ्जका कोभिड संयोजक डा. सन्तकुमार दासलाई समस्या सुनाए । डा. दासले उल्टै समस्या पोखे, ‘तीन दिनयता हाम्रोमा उपलब्ध ४५ बेड भरिएको छ, आज साँझ ७ जनालाई भर्ना गरियो, अरु १० जना त बेड नभएर निजी अस्पतालमा जानुभयो ।’

त्यसपछि झिनो आशामा टेकु अस्पतालमा फोन गरेका कैलाशले अस्पतालका निर्देशक डा. सागर राजभण्डारीबाट उस्तै गुनासो सुने, ‘टेकु अस्पतालमा ३३ वटा एचडीयू बेड (अक्सिजन मनिटर सहितको) सहित ६० वटा बेड संक्रमितको लागि छुट्याइएको थियो, हिजोबाट पुरै भरिएको छ ।’

  • त्यसपछि उनी ललितपुरको अल्का अस्पतालमा भर्ना भए ।

यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो, गएका ३ दिनयता उपत्यकाका कोभिड अस्पतालमा भर्ना हुन जाने बिरामीले यस्तै समस्या भोग्दै आएका छन् । बलम्बुस्थित एपीएफ अस्पतालमा ९२ जना संक्रमित उपचाररत छन् । जसमध्ये आईसीयूमा रहेका १६ जनामध्ये ७ जना भेन्टिलेटरमा र बाँकी ७६ जना आइसोलेसनमा छन् । आइतबारसम्ममा १ सय ४० जनासम्म संक्रमित उपचार गर्न सकिने कोभिड फोकल पर्सन डा. प्रवीण नेपाल बताउँछन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याकं अनुसार उपत्यकाको १२ वटा अस्पतालमा ३ सय ९६ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् भने ५२ जना आईसीयू र ३८ जना भेन्टिलेटरमा उपचाररत छन् । अधिकांश अस्पतालसँग अब नयाँ बिरामी भर्ना गर्न बेड उपलब्ध छैन् ।

केही अस्पतालमा त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रेकर्डमा भएको भन्दा धेरै बिरामी उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ललितपुरको पाटन अस्पतालमा ७४ जना संक्रमित उपचाररत छन् । तर पाटन अस्पतालका कोभिड संयोजक बिमल पाण्डेका अनुसार आइसोलसन, आईसीयू र भेण्टिलेटरमा गरी १३० वटा बेडमा संक्रमित उपचाररत छन् ।

मन्त्रालयको तथ्यांकमा त्रिवि शिक्षण अस्पतालमा १३ जना संक्रमितको उपचार भइरहेको छ । तर शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास भन्छन्, ‘अहिले १० वटा आईसीयू र ३५ वटा आइसोलेसन बेड संक्रमितको लागि छुट्याइएको छ, जुन पुरै भरिएको छ ।’

मन्त्रालयको तथ्यांकमा टेकु अस्पतालमा ७३ जना संक्रमित भर्ना भएका छन् । तर टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारी भने ११ जना भेण्टिलेटरमा २२ जना आईसीयूमा र २५ जना आइसोलेसनमा गरेर ५८ जना संक्रमित उपचाररत रहेको बताउँछन् । उनी भन्छन्, ‘१० जना संक्रमितको डिस्चार्ज गर्न लागिरहेका छौं र ५ जना भर्ना हुने लाइनमा छन् ।’

बलम्बुस्थित एपीएफ अस्पतालमा ९२ जना संक्रमित उपचाररत छन् । जसमध्ये आईसीयूमा रहेका १६ जनामध्ये ७ जना भेन्टिलेटरमा र बाँकी ७६ जना आइसोलेसनमा छन् । आइतबारसम्ममा १ सय ४० जनासम्म संक्रमित उपचार गर्न सकिने कोभिड फोकल पर्सन डा. प्रवीण नेपाल बताउँछन् । ‘ननकोभिड बिरामी डिस्चार्ज गर्दै कोभिडका बिरामीलाई बेड प्राथमिकतामा राख्छौं’ उनी भन्छन् ।

काठमाडौंको वीर अस्पतालमा उपचाररत ३३ संक्रमितमध्ये आईसीयूमा ८ र भेन्टिलेटरमा ३ जना उपचाररत छन् । कोभिड फोकल पर्सन डा. अच्युतराज कार्कीको अनुसार वीर अस्पतालमा ६२ वटा बेड संक्रमितको लागि छुट्याइएको छ । तर महामारी कम भएका बेला अरु बेडमा ननकोभिड बिरामी राखेर उपचार गरिएकाले ती बेड अझै खाली भएका छैनन् । ‘अब हामी ननकोभिड बिरामी डिस्चार्ज गर्दै संक्रमितलाई भर्ना गर्छौं’ डा. कार्की सुनाउँछन् ।

उपत्यकामा मात्र होइन उपत्यकाका बाहिरको अवस्था पनि उस्तै छ । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्थायी अस्पतालमा १३ वटा आईसीयू बेड र ४ वटा भेन्टिलेटर छन् ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार आईसीयू बेड खाली नभएकाले आएका संक्रमितलाई अन्य अस्पतालमा रिफर गर्नुपरेको छ । त्यस्तै भैरहवाको भीम अस्पतालमा ५ वटा आईसीयू,२० वटा एचडीयू र ४ वटा भेन्टिलेटर छन् । एउटा एचडीयूबाहेक सबैमा संक्रमित भर्ना भएका र अब आउनेलाई भर्ना लिन सक्ने अवस्था नरहेको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेल बताउँछन् ।

दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा छुट्याइएका पाँच आईसीयू बेड र २० एचडीयू बेड पनि भरिभराउ छन् ।स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सार्वजानिक कार्यक्रममै जेठको अन्तिमसम्म दैनिक ११ हजार संक्रमित भेटिने बताएका छन् । तर दैनिक दुई हजार संक्रमित भेटिँदा नै अस्पतालमा बेडको हाहाकार छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालमा सामान्य अवस्थामा पनि ३ हजार वटा आईसीयूसहितको भेन्टिलेटर आवश्यक पर्छ । तर, स्वास्थ्य मन्त्रालयको तथ्यांकमा नेपालमा अहिले ११ सय ८० बेड मात्रै आइईसीयू छ ।

नेपालमा आईसीयू बेडको नपुग हुन महामारी नै कुर्नु नपर्ने जनस्वास्थ्यविज्ञ तथा इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाको पूर्वप्रमुख डा. बाबुराम मरासिनी बताउँछन् । ‘दुईहजार संक्रमित पुग्दैमा बेडको हाहाकार छ, स्वास्थ्यमन्त्री भनेझैं ११ हजार नाघे के होला ? ‘ जनस्वास्थ्यविद् मरासिनी थप्छन्, ‘झन् भारतको जस्तो महामारी आए के होला ?’

  • कोभिड वार्डमा ननकोभिड बिरामी

कोरोना महामारीको प्रकोप बढ्दै गएपछि गत असोजमा काठमाडौं उपत्यकामा २ हजार एचडीयू बेड थप्न मन्त्रिपरिषदले निर्णय गरेको थियो । जसअनुसार उपत्यकाका कोभिड अस्पतालमा क्षमता अनुसार एक सय र दुई सय बेड थप्ने भनिएको थियो । त्रिवि शिक्षण अस्पतालमा कोभिड संयोजक सन्तकुमार दासका अनुसार त्यहाँ १ सय वटा एचडीयू बेड बनाउने गरी तयारी गरेपनि खरिद ऐनलाई देखाउँदै उजुरी परेपछि सामान ल्याउने टेण्डर प्रकिया अवरुद्ध भएको थियो ।

‘हामीले जसोतसो ५० बेड एचडीयू थप गरेका छौं, त्यहाँ ननकोभिडका बिरामी भर्ना भएका छन्’ उनी भन्छन्, ‘नन कोभिडको बिरामी डिस्चार्ज भएपछि हामी कोभिडका बिरामी राख्छौँ, अहिले तत्कालको लागि भने बेड अभाव भएको छ । ‘

केही समयअघि संक्रमित घट्न थालेपछि शिक्षण अस्पतालमा मात्र होइन, वीर, पाटन, एपीएफलगायतका अन्य अस्पतालमा बनाइएको कोभिड वार्डमा ननकोभिडको बिरामी भर्ना गरिएको थियो । पछिल्लो एक साता संक्रमितको सङख्या ह्वात्तै बढेपछि ननकोभिड बिरामीलाई डिस्चार्ज गर्दै कोभिडका बिरामी भर्ना गर्न थालेको अस्पतालका कोभिड संयोजकहरु बताउँछन् ।

मन्त्रिपरिषदको निर्णय अनुसार वीर अस्पतालमा १ सय एचडीयू बेड थपिएको थियो । ती बेडमा अहिले ननकोभिड बिरामीको उपचार भइरहेको अस्पतालका कोभिड फोकल पर्सन डा. कार्की बताउँछन् । ‘केही दिनमा कोभिड अस्पतालको नयाँ बनेको भवनमा संक्रमित राख्नको लागि तयारी गरिरहेका छौँ ।’

पाटन अस्पतालमा आइतबारदेखि थप ४० बेड कोभिड संक्रमितको लागि उपलब्ध हुने कोभिड संयोजक डा. पाण्डे बताउँछन् । ‘पहिले बिरामी नभएर ननकोभिड बिरामी भर्ना गरेका थियौँ, अब ननकोभिड डिस्चार्ज गर्दै कोभिडका बिरामी थप्छौं’ उनी थप्छन्’ केही दिनपछि संक्रमितको लागि मात्रै २ सय ५० बेड सञ्चालन गर्छौं ।’

एपीएफ अस्पतालमा पनि ननकोभिड बिरामी भर्ना भएकाले एकै पटक कोभिडको बिरामीका लागि बेड खाली गर्न नसकेको कोभिड फोकल पर्सन डा. प्रवीण नेपाल बताउँछन् । उनका अनुसार आइतबारसम्ममा एक सय ४० जना संक्रमितले उपचार पाउनेछन् ।

पाटन, वीर र शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टरहरु आगामी दिनमा कोरोना संक्रमितको उपचारमा बेड झन् अभाव हुने बताउँछन् । ‘हामीकहाँ पछिल्लो तीन दिन यता संक्रमितहरु आएको चाप हेर्दा दुई चार सय बेड थपिँदैमा समस्या समाधान हुने देखिदैन, कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोच्दैमा हैरान छौँ’ त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. दास भन्छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

1 week पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले

ताजा समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

1 week पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh