काठमाडौं । सिरूवा–पवानी पर्वको अवसरमा सरकारले बिहिबार पाँच जिल्लामा विदा दिएको छ । गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने बताएको हो ।
०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदाको सूची सरकारले गत चैत ९ गते नै राजपत्रमा प्रकाशित गरेको थियो । सोही सूचना अनुसार सिरुवा-पावनी पर्वका लागि ५ जिल्लामा सार्वजनिक विदा दिइएको हो ।


















