काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) ले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफुले राजीनामा दिने घोषणा गरेका छन् । शनिबार बालुवाटारबाट देशभरका १ सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई पहिले समर्थन फिर्ता लिन चुनौती दिएका हुन् ।
‘राजीनामा त माग्या माग्यै छन् । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न,’ ओलीले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !