बारा । बारागढी गाउँपालिकाको शिक्षा शाखाकी अधिकृत जलमति चौधरीले आफ्नो मनोमानी ढँगले आर्थिक नियम मिचेर विभिन्न कामहरु गरेको तथ्य फेला परेको छ । आफ्ना जेठाजु पर्ने विश्वनाथ चौधरीलाई प्रधानाध्यापक नियुक्ति गर्नु, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतको जानकारी विना नै उनको नामबाट बैंैक खाता खोलेको रहस्य बाहिरिएको छ ।
तत्कालीन कोल्हभी स्कुलमा अध्यापन गराउँदै आएका उनका जेठाजुलाई प्रक्रिया विपरित गाउँपालिकाको बुद्धगाई स्थित जनता माध्यमिक विद्यालयमा सरुवा गरि प्रधानाध्यापक नियुक्ति गरि आफै एकलौटी हस्ताक्षर गरेर वाणिज्य बैंक शाखा कार्यालय कलैया र हिमालयन बैंक शाखा कार्यालय खोपवामा खाता खोल्न लगाएको तथ्य फेला फेला परेको हो ।
शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्ति भएपछि उनको नाममा विद्यालयको खाता खोल्दा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको हस्ताक्षर सहितको कार्यादेश हुनुपर्ने अथवा शिक्षा समितिको निर्णयको माइनेट हुनुपर्नेमा कुनै प्रक्रिया पुरा नगरि शिक्षा अधिकृत जलमति चौधरीले आफ्ना जेठाजुको नामबाट खाता खोल्न लगाएकी हुन् ।
यसबारे प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले बुद्धगाई स्कुलको बैंक खाता खोल्नका लागि आफूले कुनै किसिमको अनुमति नदिएको जानकारी दिए । उनका अनुसार विद्यालयको खाता खुलेको छ, छैन भन्नेबारे समेत आफूलाई जानकारी नभएको उनको भनाई छ । यता लेखा अधिकृत अजय चौधरीले पनि बुद्धगाई स्कुलमा नवनियुक्त प्रअको नाममा बैंक खाता खोल्नका लागि आफूले अनुमति नदिएको बताए । उनले शिक्षा ऐन अनुसार शिक्षा समितिको निर्णयले पनि बैंक खाता खोल्न सकिने भएकोले आफूहरुको अनुमति नलिएको हुन सक्ने भन्दै चौधरीले यसबारे विस्तृत शिक्षा अधिकृतलाई जानकारी हुने बताए ।
यति मात्रै होइन, शिक्षा अधिकृत चौधरीको यहाँसम्म मनोमानी बढेको छ कि उनले वडा नं। ४ सुखी पथरा स्थित उमेश निलम आधारभुत विद्यालयमा पनि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको जानकारी विना नै प्रधानाध्यापकको नाममा खाता खोल्न लगाएकी छिन् भने लेखा परीक्षकलाई आफैले हस्ताक्षर गरेर नियुक्ति गरेको बताइएको छ । यतिमात्रै होइन, उनको काममा उनका श्रीमान् निजर चौधरीले पनि हस्तक्षेप गर्ने गरेको बताइएको छ ।
श्रीमती अधिकृत स्तरको भएको कारण प्रमुख प्रशासकीय अधिकृत अथवा लेखा अधिकृत कसैको अनुमति नचाहिने भनेर श्रीमतीसँग आफ्नो अनुकुल काम गर्न लगाई रहेको स्थानीयहरुको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !