काठमाडौं । नेपाली कांँग्रेसका बरिस्ठ नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर बन्दै गएको छ। नर्भिक इन्टरनेसनल हस्पिटलले एक प्रेस विज्ञप्ति जारी गर्दै जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको जनाएको छ।
फागुन १४ गते मस्तिष्कघात भई उपचारका लागि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको थियो। आफैंले श्वासप्रश्वास गरेपछि केही दिन उनलाई भेन्टिलेटरको सहायताबिना नै राखिए पनि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि पुनः भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको ।

















