काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ ।
सरकारी निवास बालुवाटारमा बिहान ११ बजे पार्टीका केन्द्रीय नेताहरुलाई बोलाइएको छ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले खनाल-नेपाल समूहसहित सबै केन्द्रीय सदस्यलाई चियापान कार्यक्रममा बोलाउनुभएको छ । मोबाइल एसएमएसमार्फत उहाँले निम्तोसहितको सन्देश पठाउनुभएको हो ।
तर ओलीकाे चियापान कार्यक्रममा नजाने खनाल-नेपाल समूहले बताएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले गएको फागुन २८ गते ओलीले गरेको महासचिवबाहेकका पदाधिकारी खारेज र विभिन्न प्रदेश तथा संगठनमा नयाँ व्यक्ति नियुक्त गर्ने निर्णय खारेजी माग गर्दै आएको छ ।
खनाल-नेपाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !