हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ९ स्थित प्रहरी चौकी कान्द्राङको नवनिर्मीत भवनको उद्घाटन भएको छ । सोमबार आज भएको उद्घाटन समारोहमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव मदन भुजेलबाट समुद्घाटन भएको हो ।
उक्त भवन आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेशको सहयोगमा बनेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेशका सचिव मदन भुजेल, राक्सिराङ गाँउपालिकाका अध्यक्ष राज कुमार मल्ल, प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर , उपअनुसन्धान निर्देशक लिलाधर पौडेल र स्थानिय समेतको उपस्थित रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !