सिरहा । सिरहाको औरही गाउँपालिकाका पछिल्लो समय विकासको नमूना नगरको रुपमा परिचित हुन थालेको छ । विगतमा उपेक्षाका कारण विकासमा पछि परेको सो गाउँपालिकामा जनप्रतिनिधि आएसँगै गाउँपालिकाक्षेत्रमा विकासको लहर तीव्र रुपमा शुरु भएको हो । गाउँपालिकाले मुख्यत : भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयन गर्न थालेपछि औरही अहिले विस्तारै आफ्नो स्वरुप फेरिन थालेको छ ।
सिरहाको औरही गाउँपालिकाको जनप्रतिनिधिले विचारमा भन्दा व्यवहारीक विकास निर्माण कार्यमा बढी जोड दिनु भएको छ । आफु गाउँपालिकामा निर्वाचित भए पश्चात भौतिक पूर्वाधारहरुको कामलाई पहिलो प्राथामिकतामा राखेर अघि बढेको गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवको भनाई छ । उहाँको अनुसार, ढलान सडक, पुल, खानेपानी, स्वास्थ्य, कृषि, शिक्षा क्षेत्रमा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको अध्यक्ष यादवले भन्नुभयो ।
गाउँपालिकाको केन्द्रदेखि वडालाई जोड्ने सडक निर्माण हुनुका साथै पुराना सडकलाई थप सुधार गर्ने कार्य भैरहेको छ । कृषि क्षेत्रमा आबद्ध भएका किसानहरुको लागि कृषि अनुदान दिने व्यवस्था समेत गरको उहाँले बताउनु भयो । समग्रमा सम्पूर्ण क्षेत्रमा समेट्दै पालिका समृद्धिको यात्रामा निरन्तर अघि बढीरहेको देखिन्छ ।
पालिकाक्षेत्रको समग्र विकास गरी सम्वृद्ध नगरको रुपमा स्थापित गर्ने लक्ष्यका साथ योजना अघि बढेको औरही गाउँपालिकाका अध्यक्ष यादवले बताए । “हाम्रो औरही , सम्वृद्ध औरही ” भन्ने नाराका साथ पालिकाले सञ्चालन गरेको योजनाबाट स्थानीयवासीमा देखिएको उत्साहका कारण आफूहरुमा थप ऊर्जा मिलेको उनको भनाइ छ ।
चालू आर्थिक वर्षको नीति कार्यक्रममा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सिँचाइलाई प्राथमिकतामा राखेको अध्यक्ष यादवले बताए । ‘‘सम्वृद्ध औरहिको परिकल्पनाका साथ पारदर्शी रुपमा पालिकाले आफ्ना योजना सञ्चालन गरिरहेको छ”, उनले भने, ‘‘आफ्नो कार्यकालभित्रै औरही गाउँपालिकालाई सम्वृद्ध बनाउने सङ्कल्पका साथ कार्य गरिरहेका छौं, मेरो कार्यकालभित्रै औरहीको मुहार फेरिन्छ ।”
आर्थिक अनियमितता र जनप्रतिनिधिबीचको विवादका कारण मुलुकका अधिकांश स्थानीय तहले जनअपेक्षा अनुसार काम गर्न नसकिरहेका बेला औरही गाउँपालिकाले ल्याएको विकासको लहर आफैमा उदाहरणीय भएको स्थानीय वुद्धिजीवी जगबिर यादवको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !