Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रेस्टुरेन्टमा बसेर जग्गा पास गर्नेलाई सङ्गठित अपराध

काठमाडौँ । कलङ्की जग्गा लुटको मुद्दामा प्रहरीले सङ्गठित अपराधमा मुद्दा चलाउने भएको छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा ठूलो गिरोह संलग्न रहेको देखिएपछि सङ्गठित अपराधमा मुद्दा परिवर्तन गरेको हो । जग्गा लुटमा संलग्न ९ जना महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।

उनीहरुविरुद्ध सङ्गठित अपराध, ठगी र सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान भइरहेको छ । रेन्टुरेन्टमा बसेर मालपोत कार्यालय कलङ्कीका नायव सुब्बा नारायण श्रेष्ठले डोर पास गरेका हुन् । मालपोत कार्यालय कलङ्कीका तत्कालीन अधिकृत दीपक दाहालले उनलाई खटाएका थिए । नारायण श्रेष्ठ, दीपक दाहाल र खरिदार दीपा पंज्ञानीलाई प्रहरीले गत माघ ७ र २० मा पक्रेर ठगी मुद्दा चलाएको थियो । उनीहरु धरौटी बुझाएर छुटेका छन् ।

भक्तपुरको मध्यपुर थिमीका कृष्णगोपाल श्रेष्ठ र कृष्णभक्त माकलाई काभ्रेका पुण्यप्रसाद काफ्लेले उनीहरुलाई ‘सस्तोमा राम्रो जग्गा आएको’ भनेर किन्न प्रस्ताव गरे ।प्रतिआना १६ लाखमा चलेको थानकोटको २० आना जग्गा उनीहरुलाई जम्मा ७२ लाखमा किन्न प्रस्ताव गरे । चलनचल्तीमा ३ करोड २० लाख मूल्याङ्कन भएको जग्गा ७२ लाखमा पाउने भएपछि कृष्णगोपाल र कृष्णभक्तका परिवार नै मिलेर किन्ने निर्णयमा पुगे ।

ऋण, धन गरेर पैसा जोहो गरे । काभ्रेको पनौती नगरपालिका घर भएका पुण्यको समूहले उनीहरुसँग ७२ लाख लिएर ०७६ पुस २३ मा मालपोत कार्यालय बाहिरै ‘डोर पास’ गराइदिए । जग्गा डोरमार्फत पास गर्दा मालपोत कार्यालयका कर्मचारी नगएका पनि होइनन् । ढड्डामा वास्तविक जग्गा धनीको नाम काटेर श्रेष्ठ परिवारकै नाम चढाइएको थियो । तर जग्गा म्याग्दी घर भएकी मिना खड्काको नाममा थियो । उनी बेल्जियम थिइन् । जग्गा धनीलाई थाहै नदिई जग्गा पास गरेर पुण्यप्रसादको समूहले लुटेको थाहा पाएपछि श्रेष्ठ परिवार प्रहरीको सम्पर्कमा गएका थिए ।

२०७६ फागुनमा काठमाडौँ प्रहरीमा उजुर गरेपछि प्रहरीले ठगीमा संलग्न ९ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए । मध्यपुर थिमी नगरपालिका–४ का कृष्णगोपाल, उनकी पत्नी रत्नकेशरी म्हका, कृष्णभक्त माक श्रेष्ठ र विजयलक्ष्मी श्रेष्ठ मिलेर सो जग्गा लिएका थिए ।सोही जग्गा किन्न काभ्रेको धुलिखेल नगरपालिका घर भएका कुमार दाहाल खत्रीले पनि ३५ लाख बैना गरेका थिए । कलङ्की मालपोतमा लेखापढीको काम गर्ने धनबहादुर केसी ‘लुरे’ को माध्यमबाट खत्रीले जग्गा बैना गरेका हुन् ।तर जग्गा बैनापट्टा भइसकेपछि एक दिन लेखापढीको काम गर्ने धनबहादुर केसी ‘लुरे’ ले थानकोटकी मीना खड्काको नाममा रहेको जग्गा डोर पास भइसकेको हल्ला सुने।

धनबहादुर केसीले मालपोतमा गएर ढड्डा हेरे । जग्गा भक्तपुरका ४ जनाको नाममा पास भइसकेको देखियो । अनि कुमारलाई बैना फिर्ता लिन भने । कुमारले बैना रकम मीना खड्का र रामचन्द्र पुडासैनीको नामको बैङ्क खातामा जम्मा गरिदिएका थिए । अनुसन्धानबाट ती दुवै खातावालाको नाम नक्कली रहेको थाहा भयो । बैना लिने नै सम्पर्कमा आएनन् । धनबहादुरको सूचनापछि मालपोत कार्यालयका कर्मचारीले ढड्डा सँच्याए । अनि जग्गा किन्ने समूह प्रहरीकहाँ पुग्यो ।
म्याग्दी, बरंजा घर भएकी जग्गाधनी मीना खड्का विदेशमा थिइन् ।

दुई छोरासँग बेल्जियम बस्ने मीनाले थानकोटमा २० आना जग्गा किनेर छाडेकी थिइन् । त्यो जग्गा बेचेर बालाजुमा घर बनाउने उनको योजना थियो । आफ्नो भतिजलाई बेचिदिनु भनेर अह्राएकी थिइन् ।भतिजबाट बूढानीलकण्ठका ४७ वर्षीय विजयकुमार खड्काले जग्गाधनी प्रमाण पुर्जा र मिनाको नागरिकताको फोटोकपी लिएका थिए । फोटोकपी दुरुपयोग गरेर सो गिरोहले किर्ते नागरिकता र जग्गाधनी प्रमाणपुर्जा बनाएको एसएसपी अशोक सिंहले बताए । २०७७ मङ्सिरमा मिना बेल्जियमबाट काठमाडौँ आइन् । बालाजुमा घर बनाउनका लागि घर–बाटो सिफारिस लिन जाँदा उनको जग्गा रोक्का थियो । उनी मालपोत कार्यालयमा गए पछि आफू विदेश हुँदा सिन्धुपाल्चोक घर भएकी लक्ष्मी घतानीलाई गिरोहले जग्गाधनी खडा गरेर जग्गा बेचिसकेको कुरा उनले थाहा पाइन् । मीना खड्काको जग्गा लुट्ने गिरोहका मुख्य योजनाकार काभ्रेका पुण्यप्रसाद काफ्ले र धादिङ नीलकण्ठ नगरपालिका घर भएका बालप्रसाद भट्ट भएको अनुसन्धानबाट खुलेको छ। काफ्ले र भट्ट दुवै आफ्नो वास्तविक नामले चिनाउँदैनन् भने उनीहरुका ३ वटाभन्दा बढी नाममा नागरिकता र बैङ्क खाता समेत अनुसन्धानबाट प्रहरीले उजागर गरिसकेको छ। पुण्यले जग्गा किन्ने मान्छे खोजेका थिए । बाल प्रसादले जग्गा बिक्रीको प्रपञ्च मिलाएर रकमको पँजनी गरेको समेत अनुसन्धानबाट उजागर भएको छ ।

विजयकुमार खड्काले जग्गाधनीको नागरिकता र जग्गाधनी दर्ता पुर्जाको फोटोकपी ल्याएर नक्कली कागजात बनाउन सिन्धुली घर भएका कृष्णबहादुर दर्लामीलाई जिम्मा दिएको र ललितपुर बस्ने कृष्णबहादुर कटुवालसँग मिलेर दर्लामीले किर्ते जग्गाधनी दर्ता पुर्जा र नागरिकता बनाएको समेत अनुसन्धानबाट प्रहरीले उजागर गरिसकेको छ । लक्ष्मी घतानीलाई जग्गा धनीको अभिनय गर्न लगाएर सो गिरोहले मालपोत कार्यालय कलङ्की नजिकैको रेस्टुरेन्टमा डोर पास गराएका थिए ।

कार्यालय समय सकिएपछि मालपोतका कर्मचारी आएर डोरपास गरिदिएका थिए । रेस्टुरेन्टमा डोर पास गर्ने बेलामा रामेछाप गेलु घर भएका बालकृष्ण बुढाथोकी बाउन्सर बनेर बाहिरी अवस्थाको निगरानी गरेको समेत अनुसन्धानबाट प्रहरीले उजागरको गरिसकेको छ । भैँसेपाटी बस्ने घलेले राजीनामा पास गर्दा जग्गाधनी मीनाको दाजु इन्द्रबहादुर खत्री हुँ भनेर सनाखत गरेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh