- काठमाडौं , फागुन २० गते बिहिवार ।।
- जनप्रभाव न्यूज
सांसद गोपाल बमले आफू विभाजित नभएको बताएका छन्। नेकपाका मुगुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोपाल बमले आफू विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहमै रहेको प्रष्ट पारेका हुन्।
बुधबार सांसद बमले एक विज्ञप्ति जारी गर्दै आफू प्रतिगमनको पक्षमा लाग्न नसक्ने स्पष्ट पारेका छन्। केही सञ्चार माध्यमले बम प्रधानमन्त्री केपी ओली समूहमा रहेको भन्दै प्रचार गरिरहेको भन्दै सांसद बमले आपत्ति समेत जनाएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !