Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोही कारवाहीमा, कोही तामेलीमा

  • काठमाडौं,फागुन १९ गते बुधबार ।।
  • जनप्रभाव न्यूज

राजश्व हिनामिना गर्दा कीर्ते कागजपत्र बनाएको अभियोगमा मालपोत कार्यालय चितवनका तत्कालिन लेखा अधिकृत रिठ्ठे सार्की यतिबेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को हिरासतमा छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि कीर्ते मुद्दा चलाइसकेको छ । त्यस क्रममा नक्कली भौचर बनाएको खुलेपछि प्रहरीले कीर्ते मुद्दा पनि चलाउन लागेको हो ।

मुद्दामा एसएसपी पूजा सिंहको फाइल भने आयोगले तामेलीमा राखेको छ । काभ्रे हुँदा उनले नक्कली भपाई बनाएर रकम हिनामिना गरेको आयोगको छानबिनमा खुलेको थियो । प्रहरीले मालपोतका कर्मचारीलाई थुनामा राखेपनि आफ्ना कर्मचारीलाई भने पक्राउ नगरी सुटुक्क मुद्दा चलाउने तयारी गरेको छ ।

यस्ता मुद्दा प्रहरीका एक भूतपूर्व उच्च अधिकारीविरुद्ध समेत चल्ने भएको छ । दुधौली तालिम केन्द्रमा हुँदा कीर्ते कागजपत्र बनाएर रकम हिनामिना गरेको आरोपमा पूर्व डिआइजी महेशबिक्रम शाहविरुद्ध कीर्ते मुद्दा चल्ने भएको छ । अख्तियारले २० फागुन २०७६ मा उनी लगायतका प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरुलाई कीर्ते मुद्दामा समेत कारबाही गर्न आयोगले प्रहरीलाई पत्राचार गरेको आयोग स्रोत बताउँछ ।

२०७२ मा तत्कालिन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा हुँदै नभ्एका प्रहरीको तलबभत्ता र रासन आफैंले बुझेर राज्यकोषको दुरूपयोग गरेको अभियोगमा अख्तियारमा मुद्दा दायर भएको थियो ।

अख्तियारले जारी गरेको विज्ञप्तिअनुसार शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरुलाई कीर्ते मुद्दा समेत चल्ने भएको छ ।

समाचार स्रोतका अनुसार, तालिम केन्द्रमा २७ वैशाख २०७२ मा भर्ना भएका प्रहरी जवानको २२ पुस २०७२ मा तालिम समापन भएको थियो । त्यस समयमा प्रहरी प्रधान कार्यालयले ११ माघमा सो महिनादेखिको तलबभत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निकासा गरेको थियो । तर, तालिम समापन भई पासआउट भएका सबै प्रहरी जवानहरूको सरुवा भइसकेको अवस्थामा तत्कालीन डीआईजीसहितका चारजनाको मिलेमतोमा अन्यत्र सरुवा भइसकेका प्रहरी जवानहरूको माघ र फागुन महीनाको तलब भत्ता खर्च लेखी नगद निकालेर हिनामिना गरेको अख्तियारको छानबिनमा खुलेको थियो ।

आर्थिक वर्ष ०७२/०७३ मा कार्यालय प्रमुखको रूपमा कार्यरत रहँदा माघ महीनाको तलब÷भत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरूको माघ र फागुन महीनाको तलब भत्ता ३१ लाख ८८ हजार ४६८ र १८ माघ २०७२ को प्रहरी प्रधान कार्यालयको पत्रले ३ माघ ०७२ बाट तलब भत्ता खान पाउने गरी १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरूको नयाँ नियुक्ति भएका थिए । १ माघ ०७२ बाट नै तलबभत्ता निकालेर १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरूको दुई दिनको बढी रकम एकलाख ४९ हजार ६१६ गरेर ३३ लाख ३८ हजार ८४ रूपैयाँ भरपाइमा कीर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना भएको् थियो ।

अख्तियारले शाहलगायतका प्रहरी अधिकारीले ३३ लाख ३८ हजार ८४ रूपैयाँ भ्रष्टाचार र हिनामिना गरेको प्रमाणित भएको दाबी लिई मुद्दा चलाएको थियो ।

यसमा तत्कालीन कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको लेखापरीक्षण गरेका थिए । उनले प्रहरी कर्मचारीहरूको तलब, भत्ता तथा कट्टी रकमसमेतको भरपाइमा सरुवा भएका प्रहरी कर्मचारीको नाम उल्लेख गरी खर्च लेखेर सरकारी रकम हिनामिना गरेको देख्दादेख्दै पनि लेखा परीक्षण प्रतिवेदनमा उक्त विषय उल्लेख गरेका थिएनन् । व्यक्तिगत लाभका लागि बदनियतपूर्वक तथ्यहरू लोप गरी लेखापरीक्षण गरेको देखिएको भन्दै उनीविरुद्ध समेत मुद्दा चलाइएको थियो । यो प्रकरणमा उनीहरुमाथि अर्काे तनाव थपिएको छ । यस्तै मुद्दामा एसएसपी पूजा सिंहको फाइल भने आयोगले तामेलीमा राखेको छ । काभ्रे हुँदा उनले नक्कली भपाई बनाएर रकम हिनामिना गरेको आयोगको छानबिनमा खुलेको थियो । प्रहरीले मालपोतका कर्मचारीलाई थुनामा राखेपनि आफ्ना कर्मचारीलाई भने पक्राउ नगरी सुटुक्क मुद्दा चलाउने तयारी गरेको छ ।दृष्टि

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

3 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

3 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh