-
काठमाडौं,फागुन ८ गते सनिवार ।।
-
जनप्रभाव न्यूज
कांग्रेसका युवानेता तथा पूर्व स्वास्थ मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ जंगबहादुर राणा बन्न खोेजेको उल्लेख गरेका छन् । प्रधानमन्त्री २००७ साल अघिको श्री ३ जस्तो बन्न खोेजेको यो घडीमा नेपाली कांग्रेस चुप लागेर बस्नु नहुने धारणा कांग्रैस नेता थापाको छ । थापाले कांग्रेस पनि २००७ अघिकै जस्तो दृढ संकल्पित हुनुपर्ने थापाको जोड छ ।
थापाले सामाजिक संजालमा लेखेका छन्–‘मेरो हुकुम नै शासन हो’ भनेर प्रधानमन्त्री २००७ साल अघिका श्री ३ जस्तो बन्न खोजेको यो घडीमा नेपाली कांग्रेस पनि २००७ सालको जस्तै दृढ संकल्पित, साहसी र जुझारु भएर भन्नुपर्छ–यहाँ हुकुमको शासन पनि चल्न दिइन्न,सेटिङको शासन पनि चल्न दिइन्न ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !