- एजेन्सी,फाल्गुन ५ गते बुधबार ।।
- जनप्रभाव न्यूज
उत्तर कोरियाका नेता किम जोङ-उनकी पत्नी एक वर्षभन्दा बढी समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी छन् ।स्थानीय सञ्चारमाध्यमका अनुसार री सोल – जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा किम जोङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्।
री प्रायजसो उनकी पति किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देख्थिइन् तर गत सन् २०२० को ज्यानुअरीदेखि कतै देखा परेकी थिइनन्। दक्षिण कोरियाको गुप्तचर संस्थाले सोमवार मात्रै सांसदहरूलाई कोरोना भाइरसको डरले सार्वजनिक कार्यक्रममा देखा नपरेको अनुमान गर्दै उनले सन्तानसँग समय बिताइरहेको हुनसक्ने बताएको बीबीसीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !