-
काठमाडौं,फाल्गुन ५ गते बुधबार ।।
-
जनप्रभाव न्यूज
उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारले चालेको पछिल्लो कदमले नागरिक आक्रोशित र निराश बन्दै गएको बताएका छन् । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन गर्दै पुनले प्रतिनिधि सभा विघटनले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको भन्दै सरकारको कदमले नागरिक निराश बन्दै गएको उल्लेख गरे ।
संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेर गणतन्त्र र संविधानमाथि नै प्रहार गरेको भन्दै प्रधानमन्त्री ओलीको कदम सच्चिनुपर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !