- झापा,माघ १० गते सनिवार ।।
- जनप्रभाव न्यूज
झापा जिल्लाको शिवसताक्षीमा सार्वजनिक बस तोडफोड भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने किराँत चोकमा अपरिचित युवाहरुले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
धरानबाट काँकरभिट्टातर्फ जाँदै गरेको उक्त यात्रुवाहक बसमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगामुडा तथा खुकुरी प्रहार गरि सिसा फुटाइदिएको प्रहरीले जनाएको छ ।
तोडफोडका कारण बसको अगाडिको भाग र झ्यालका सिसाहरु फुटेका छन् । आफ्ना कार्यकर्तालाई रिहाइको माग राख्दै शनिबार देशभर विप्लव समूहले नेपाल बन्दको आव्हान गरेको थियो । सो घटना समेत विप्लव समूहबाट हुनसक्ने सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्
बा४ख ८८९७ नम्बरको गजुरमुखी यातायातमा तोडफोड भएपछि बस ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । तोडफोडमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !