- काठमाडौं,पुस १३ गते सोमबार ।।
- जनप्रभाव – सम्बादाता
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पदभार सम्हालेकै दिन विवादास्पद अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ( MCC ) को बखान गरेका छन् ।
नेपालमा निकै विवादित बनेको एमसीसी राष्ट्र हितमा नरहेको भन्दै ब्यापक विरोध भएपछि नेकपाभित्रैबाट अध्ययन कार्यदल बनाइएको थियो । जुन कार्यदलले एमसीसी राष्ट्र हितमा नरहेको र सुरक्षा चुनौती जोडिएको प्रतिवेदन समेत सरकारलाई बुझाएको थियो ।
तर आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेकै दिन मन्त्री रायमाझीले सबै बिर्सेर एमसीसीको खुलेरै प्रशंशा गरे । उनले नेपालले जतिसक्यो छिटो एमसीसीको सहयोग लिनुपर्ने बताए ।
पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसिसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताए ।
तर रायमाझीले एमसीसीबारे बोलेपछि उनी निकै आलोचना खेप्नुपरेको छ । सामाजिक संजालमा पनि रायमाझीको अहिले उछितो काडीरहेका छन् । पहिलो दिनमै उनी आलोचनाको शिकार बनेका छन् ।
उनले एमसीसीको विरोध गर्नु अपराध भएको समेत बताएका थिए । त्यतिमात्र होइन उनले हाम्रो देश कोल्याप्स हुन्छ, हाम्रो देशमा आक्रमण हुन्छ भन्ने कुराहरूमा आफूलाई विश्वास नभएको समेत बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !