- काठमाडौं , पुस १३ गते सोमबार ।।
- जनप्रभाव : सम्बादाता
जनता समाजवादी पार्टी ( जसपा ) का बरिस्ठ नेता राजेन्द्र महतोले पहिले राजाहरूले जस्तै अहिले ‘नयाँ राजा’हरूले प्रतिगमन गरेको आरोप लगाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेकोतर्फ संकेत गर्दै उनले फेरि प्रतिगमन आएको बताए।
‘फेरि प्रतिगमन आयो। कति प्रतिगमन हो कति?,’ काठमाडौंमा जसपाले गरेको प्रदर्शनपछि महतोले भने, ‘प्रतिगमन जनताले कतिचोटि भोग्ने हो? संविधानमा प्रतिगामी गरिहाल्यो।’
संविधान बनाउँदा पनि ओलीले प्रतिगमन गरेको आरोप उनको छ।
‘पहिले राजाहरूले अहिले नयाँ राजाहरूले प्रतिगमन गरे। संविधान बनाउँदा पनि प्रतिगमन गरेका थिए। गोली हानेर संविधान बनाएको होइन?,’ उनले भने।
अहिले कुर्सीका लागि प्रतिगमन गरिएको भन्दै उनले आपत्ति जनाएका छन्।
‘यो कुर्सीका लागि प्रतिगमन हो। एउटा प्रतिगमनकारी हटाउँदा अर्को प्रतिगामी आयो,’ उनले भने।
प्रतिगमन गयो भने धेरै समय नटिक्ने उनले बताए।
‘होस पुर्याएर काम गर। जनताको अधिकार खोस्न पाइँदैन। संविधान मिच्न पाइँदैन,’ उनले भने, ‘कि संविधानमै जे मनलाग्यो त्यही गर्ने लेख्नुपर्यो। यो प्रतिगमन टिक्दैन।’
उनले आफूहरूको मागअनुसार संविधान संशोधन हुनुपर्ने पनि बताए।
‘आफ्नो लागि प्रतिगमन गर्ने? कुर्सी जोगाउन प्रतिगामी कदम चाल्ने?,’ उनले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया !