- प्रधान न्यायाधीशको इजलाशबाट अन्तरिम आदेश दिन अस्वीकार
- काठमाडौं , पुस ८ गते बुधबार ।।
- जनप्रभाव – सम्बादाता
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको सुनुवाईका लागि संवैधानिक इजलासमा पठाउने निर्णय गरेको छ ।
प्रधान न्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलाशले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएको हो । तर इजलासले रिटमा माग गरिएजस्तो अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेका छुट्टाछुट्टै १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !