
- काठमाडौं : पुस ४ गते सनिवार ।।
- जनप्रभाव – सम्बादाता
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगेका छन् । पार्टीभित्रको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न उपाध्यक्ष गौतम पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको वार्तामा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका । दुई अध्यक्षबीच छलफल चलिरहँदा उपाध्यक्ष गौतम पनि छलफलमा पुगेको बताइएको छ ।
पार्टीभित्रको संकट गहिरिँदै गएपछि नेकपा नेताहरुले छलफललाई तिव्र पारेका छन् ।


















