-
महोत्तरी : मङ्सिर २७ गते सनिवार ।।
-
जनप्रभाव : सम्बादाता
महोत्तरीका विभिन्न नाकाबाट अहिले तस्करी व्यापक मात्रामा चलिरहेको छ। तस्करीमा सशस्त्र प्रहरी बलका बिओपीका प्रहरी निरीक्षकहरूको संलग्नता देखिएको छ। एसपी सुरेश सापकोटाले अहिलेसम्म तस्करीको कुनै लाइन नदिएको र तस्करीको सामानहरू धमाधम पक्राउ गरिरहेका छन् । तर खुला सिमाना भएको कारण एसपी सापकोटाले सधैं सीमावर्ती क्षेत्रमा पुगेर तस्करीको सामान पक्राउ गरिरहन संभव पनि हुदैन । त्यसैले पनि बिओपीका निरीक्षकहरूले आफ्नो क्षेत्रबाट तस्करी धन्दा चलाई रहेका छन् ।
सशस्त्रको यस अघिका डिआइजी केबि ब्रम्रचार्यले बाहिनीका तर्फबाट महोत्तरी हेर्न असई सुरेश महत्तोको कमान्डमा तीन जना प्रहरी परिचालन गरेका थिए। अहिले डिआइजी चन्द्र प्रकाश गौतम हाजिर हुने बित्तिकै घुमुवाहरू तानेर बाहिनीमा थन्क्याउने काम भएको छ।एसपीले पनि घुष नखाने , तस्कर नभेट्ने र डिआइजीले जिल्लामा परिचालित बाहिनीका घुमुवाहरू तानेपछि महोत्तरीका बिओपीका निरीक्षकहरूलाई खुलेयाम तस्करी गराएर रकम असुल्ने मौका मिलेको छ।
अहिले महोत्तरीमा सात वटा बिओपीहरू रहेका छन् । सबैभन्दा बढी तस्करी हुने नाका सम्सी हो । सम्सी बिओपीमा सशस्त्र प्रहरी निरीक्षक गणेश न्यौपाने रहेका छन् ।
जिल्लाको सम्सी , खयरवनी र रघुनाथपुर नाकाबाट तस्करी भएका सामानहरू सबै गौशाला बजार आउछ। यी नाकाबाट तस्करीको मुख्य काम गर्नेमा कालिया र राजा मुख्य तस्कर हुन । उनीहरू साझेदार समेत हुन । उनीहरूले दैनिक पचास लाख भन्दा बढीको कपडा र हाडवेयरका सामानहरू प्रहरीको सेटिङमा तस्करी गरि गौशाला ल्याउने गरिरहेका छन् ।
सम्सीमा सशस्त्रको गणेश निरीक्षक छन् भने खयरवनीमा सुजन गोले र रघुनाथपुरमा सुर्य बहादुर भण्डारी सशस्त्र प्रहरी निरीक्षक रहेका छन् । यी निरीक्षकहरूले तस्करीको लाइन दिएर तस्करबाट आंफै रकम लिने गरेको समेत उजागर भएको छ।
यसबाहेक रघुनाथपुर र,खयरवनी नाकाबाट तस्करीको लाइन पाउनेमा बसु पटेल , महेश यादव , राजेश यादव , आलम, नथुनी , मोती मुसलमान र आलम मुख्य छन् ।उनीहरूले नाकाबाट कपडा , हाडवेयर , रांगा र खसीबोकाको तस्करी गर्दछन। सशस्त्रका निरीक्षकहरूले उनीहरूलाई तस्करीको लाइन दिएका छन् ।
त्यसैगरी सम्सी , पोखरवृन्दाबाट तस्करीको लाइन पाउनेमा दिलीप यादव मुख्य छन् । मनरा र भिट्टामोडबाट तस्करीको लाइन पाउनेहरूमा लालबाबु यादव, अरूण सरिफूल मियाँ दिनेश , सुरेश , मिठ्ठु विपिन , विनोद , बहुआली भन्ने महिला र कवाडीका डन मनोज साह मुख्य छन् ।
सम्सी र रघुनाथपुरबाट तस्करीको लाइन पाउनेमा गौशालाका शंकर महतो पनि मुख्य छन् । सशस्त्रको महोत्तरीका बिओपीहरूमा भिट्टामोडमा बिर्ख शाही , मनरामा सन्तोष थापा , सम्सीमा गणेश न्यौपाने , रघुनाथपुरमा सुर्य बहादुर भण्डारी , खयरवनीमा सुजन गोले र पोखरवृन्दामा गोविन्द गिरी निरीक्षक छन् ।

















