-
जनकपुरधाम : मङ्सिर २५ गते बिहिवार ।।
-
जनप्रभाव – सम्बादाता
प्रदेश २ लोकसेवा आयोगले पहिलो पटक राजपत्राङ्कित तृतीय श्रेणी सातौं तह (प्राविधिक) पदको खुला तथा समावेशीतर्फ ३७ सिटकालागि विहीबारैदेखि दर्खास्त आह्वान गरेको छ ।
प्रदेश २ सरकार मन्त्री परिषद्को २०७७।०६।१२ गतेको निर्णय अनुसार कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को उपदफा १ बमोजिम राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहको नेपाल ईन्जिनियरिङ्ग सेवा तर्फको प्राविधिक पदहरुमा दर्खास्त आह्वान गरिएको हो ।
प्रदेश २ लोकसेवा आयोगको वेबसाइट https://ppsc.p2.gov.np/ बाट फारम डाउनलोड गरी भर्न सकिने व्यवस्था गरिएको छ ।
विस्तृत हेर्नुहोस्
फेसबुकबाट तपाईको प्रतिक्रिया !