-
काठमाडौँ, मंसिर २५ गते बिहिवार ।।
-
जनप्रभाव : सम्बादाता
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादहीनता तोडिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष दाहाललाई बोलाएर ओलीले सहकार्यको प्रस्ताव राखेका छन् । आफूहरू दुईजना मिले सबै समस्या समाधान हुने र अरु नेतालाई महत्व नदिए पनि हुने आशय प्रधानमन्त्री ओलीले व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद धेरै लम्ब्याउन नहुने र एकले अर्कालाई अविश्वास गर्ने तहबाट ओर्लेर सहमतिको आधार तय गरौं भन्दै कार्यकारी अध्यक्ष दाहाललाई सहकार्यको प्रस्ताव राखेका थिए । प्रधानमन्त्री ओलीले पार्टीभित्र अनेकन समस्या रहेको बताउँदै तत्कालीन एमालेको समग्र पार्टीको संरचना अवस्था र नेताहरूको व्यवहारबारे पनि कार्यकारी अध्यक्ष दाहाललाई जानकारी गराएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !