-
काठमाडौं : मङ्सिर २२ गते सोमबार ।।
-
जनप्रभाव – सम्बादाता
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र एनसिई नेपालको सदस्य संस्था गोलवाल एक्सन नेपालसँग शिक्षाका क्षेत्रमा गर्दै आएको सहकार्य तोडेको जनाएको छ । शिक्षा मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै आइतबार अनाधिकृत कार्य गर्ने सँस्था वा निकायसँग मन्त्रालय यस अन्तर्गतका निकायहरुबाट शैक्षिक कार्य गर्न गराउन सिफारिस नहुने जनाएको छ ।
गत १९ गते शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र गोलवाल एक्सन नेपालले २०७५ असार ३२ को सरकारको निर्णय अनुसार शिक्षा आयोगले प्रधानमन्त्री समक्ष प्रतिवेदन पेस गरेर सार्वजनिक गरेको बताएको थियो । शिक्षा मन्त्रालयले सरकारको लोगो प्रयोग गरेको र शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको नामबाट सुचाना निकालेको प्रति पनि शिक्षा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यसले नेपाल सरकारमा रहेको प्रतिलिपी अधिकारको समेत उल्लघंन भएकाले यस बिषयमा कानुन अनुसार कारवाही गराउन समेत आग्रह गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र गोलवाल एक्सन नेपालल दुवै गैरसरकारी संस्था हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !