Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चिनियाँ रक्षामन्त्रीले सैन्य मुख्यालयमा विताए अढाई घण्टा,बेईले किन बढी समय सैनिक मुख्यालयमा खर्चिए ?


किन भेटे चिनियाँ रक्षामन्त्रीले प्रधानसेनापति ?


  • काठमाडौं : मङ्सिर १५ गते सोमबार ।।

  • जनप्रभाब : सम्बादाता



आठ घण्टाको नेपाल भ्रमण सम्पन्न गरेर चिनियाँ रक्षामन्त्री बेई फेहङ्ग बंगलादेशका लागि प्रस्थान गरेका छन् ।

निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलको निमन्त्रणामा नेपाल आइपुगेका चिनियाँ रक्षामन्त्रीले भ्रमणको साढे २ घण्टा नेपाली सेनासँग बिताए । भ्रमण औपचारिक भनिएपनि धेरैले यो भ्रमण सेनासँग केन्द्रित हुनुमा संशय मानेका छन् । तर, कुटनीतिक मामिलाका जानकार भने चीनले सेनासँग सम्बन्ध प्रगाढ बनाउन चाहेको बताउँछन् ।

भारतीय विदेश मन्त्रालयका सचिव हर्षबद्र्धन श्रृंगलाको नेपाल भ्रमणको केही दिनमै चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङको भ्रमणले भारतीय पक्ष सशंकित बनेको छ ।
त्यसमाथि पनि नेपालमा रहँदा अधिकांश समय नेपाली सेनाको मुख्यालयमा बिताउनुलाई पनि कतिपयले महत्वका साथ हेरेका छन् । केही भारतीय कुटनीतिज्ञले नेपाल–भारतको सम्बन्ध प्रगाढ बनाउनेतर्फ मार्गप्रशस्त हुँदा चिनियाँ उच्च अधिकारीको भ्रमणलाई खासै सहज मानेका भने छैनन् ।

त्यसमाथि चिनियाँ रक्षामन्त्रीले प्रधानसेनापतिलाई किन भेटे भन्दै शंकाको दृष्टिकोणबाट भारतीय सञ्चारमाध्यामहरुले प्रश्न उठाएका छन् ।

किन भेटे चिनियाँ रक्षामन्त्रीले प्रधानसेनापति ?

रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफ्नै मातहतमा राखेकाबेला चिनियाँ रक्षामन्त्री जनरल वेई फेङका नेपाली समकक्षी कोही पनि छैनन् । खासमा प्रधानमन्त्री ओलीले रक्षामन्त्रालय आफू मातहत राखेपनि वरियतामा प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुपर्ने हुँदा समकक्षीसँगको भेटका रुपमा औपचारिक वार्ता गर्नु उचित मानिँदैन ।
त्यसैले प्रधानमन्त्री ओलीले प्रधानसेनापतिलाई आफ्नो प्रतिनिधि तोकेकाले चिनियाँ रक्षामन्त्रीले प्रधानसेनापतिलाई भेट गरेको अधिकारीहरु बताउँछन् ।
चिनियाँ रक्षामन्त्री बेईले किन बढी समय सैनिक मुख्यालयमा खर्चिए ?

चिनियाँ रक्षामन्त्री काठमाडौं ओर्लिएलगत्तै चिनियाँ दूतावास पुगे । त्यहाँ उनले केही समय दूतावासमा आफ्ना प्रतिनिधिसँग छलफल गरेर सिधै सैनिक मुख्यालय पुगे । सैनिक मुख्यालयमा उनलाई गार्ड अफ अर्नर पनि दिइयो ।

दुबैतर्फ परराष्ट्र र रक्षामन्त्रालयका अधिकारीहरु राखेर प्रधानसेनापति पूर्णचन्द्र थापा र चिनियाँ रक्षामन्त्री बेईबीच कोभिड–१९ का कारण प्रभावित सैनिक अफिसरको तालिम कसरी सुरुगर्ने र यसअघि चीनले घोषणा गरेको दुई वर्ष ४० करोडको सैन्य सहयोगबारे छलफल भएको थियो । नेपाली सेनाका अफिसरले चीनमा लिने सैन्य तालिम कोभिड–१९ का कारण रोकिएको थियो । सेनाको विपद व्यवस्थापन क्षमता अभिवृद्धिको लागि दिने भनेको सो रकम चीनले दिन बाँकी छ ।

किन प्राथमिकतामा प¥यो सेना ?

कुटनीतिक मामिलाका जानकारका अनुसार उत्तरी छिमेकी मुलुक चीन लामो समयदेखि नेपालमा आफ्नो भरपर्दो सहयात्रीको खोजीमा थियो । केहीसमय अघि दुई कम्युनिष्ट पार्टी एक बनेपछि चीनले नेकपालाई भरपर्दो पात्रको रुपमा हेर्दै आएको भएपनि पछिल्लो समय नेकपामा देखिएको विवाद र फुटसम्मको राजनीतिले चीन सशंकित छ ।

चीनलाई नजिकबाट नियालिरहेका विश्लेषक प्रमोद जैसवालका अनुसार चीन सधैं नेपाली सेनालाई आफ्नो भरपर्दो र दुरगामी सहयोगीको रुपमा हेर्न चाहन्छ । सेनासँगको चीनको सहकार्य बढाउने चाहना अहिले मात्र नभई तत्कालीन राजा वीरेन्द्रको समयमा पनि थियो ।

तर, त्यससमय भन्दा अहिले सेनासँग दुरगामी सहकार्य गर्दा फाइदा चिनियाँ पक्षले देखेका छन् । सेनासँगको सम्बन्ध बढाउनुको अर्को कारण यो स्थायी शक्ति हो ।

जुनसुकै सरकार आएपनि सैन्य कुटनीति हमेशा महत्वपूर्ण मानिन्छ । यस्तै, कुटनीतिक मामिलाका जानकार शम्भुराम सिम्खडाका अनुसार पनि यो भ्रमणले अब भारतपनि सैन्य कुटनीति बढाउनेतर्फ अग्रसर देखिनेछ ।

गार्ड अफ अर्नर दिइएको विषयमा भारतीय पक्षको प्रश्न ?

मुलतः औपचारिक भ्रमणमा आउँदा सरकारले सम्मान गारद अर्पण गर्ने गर्दछ । राष्ट्रपति, प्रधानमन्त्रीको भ्रमणमा यस किसिमको सम्मान दिइरहँदा चिनियाँ रक्षामन्त्रीलाई किन भन्ने प्रश्न पनि भारतीय विश्लेषकले जिज्ञासा राखेका छन् ।

विश्लेषक जैसवालका अनुसार चिनियाँ रक्षामन्त्री चीनको सेनाका प्रमुख व्यक्ति पनि हुन् । उनलाई सम्मान दिएर नेपालले चिनियाँ पक्षको भ्रमण औपचारिक मात्र नभई महत्वपूर्ण समेत भएको सन्देश दिन खोजेको उनको दावी छ ।

तर, भविष्यमा यदि भारतीय रक्षामन्त्री नेपाल आएको खण्डमा नेपालले गार्ड अफ अर्नर नदिन पनि सक्छ । किनभने भारतमा रक्षामन्त्री राजनीतिक व्यक्ति हुन् भने चीनमा राजनीति कम रक्षामन्त्री सेनासँग बढी जोडिने पात्र हुन् ।

चीनसँगको सीमा विवाद र अन्य सीमा क्षेत्रका विषयमा कुरा भयो ?

भारतसँग सीमा विवाद जारी रहँदा चीनले नेपालसँगै दक्षिण एसियाका अन्य राष्ट्रहरुलाई निकै महत्व दिएको छ । त्यसमाथि सीमा विवाद भारतको चीनसँग मात्र नभई नेपालसँग पनि छ । र, नेपालसँग चीनको सीमा विवादका चर्चा भएपनि दुवै देशले उक्त चर्चा हल्ला भएको बताइसकेका छन् । यद्यपी, सेनासँगको भेटमा उक्त विषयमा कुरा भए नभएको त्यो समयले बताउला ।
यद्यपी, चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा सेनालाई बढी महत्व दिनुको खास अर्थ भनेको सेनासँगको सम्बन्ध स्थापना मात्र नभई दुरगामी सहकार्यलाई लिन सकिन्छ । सैन्य कुटनीतिको माध्यमबाट मुलुकसँगको सहकार्य थप मजबुत हुने कुटनीतिक मामिलाका जानकारहरु बताउँछन् ।
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh