- काठमाडौं : मङ्सिर ८ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका एसएसपी अशोक सिंह आज परिसर हाजिर भएका छन्।
गृह मन्त्रालयको मंसिर ५ गतेको निर्णय अनुसार एसएसपी सिंहको काठमाडौं परिसरमा सरुवा भएको थियो।
एसएसपी सिंहले आजैबाट परिसरको कमाण्ड सम्हालेका छन् । सिंह प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । उनले एसपी छँदा पनि परिसरमा बसेर काम गरेका थिए। एसएसपी सिहलाई एसपी सोमेन्द्र सिह राठौर लगायतले स्वागत गरेका थिए।
कमाण्ड सम्हाले लगत्तै उनले मातहतका निकायलाई कडा ब्रिफिङ गरेको बुझिएको छ ।
एसएसपी सिंहले काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने जानकारी गराएका छन् ।
एसएसपी सिंह गुण्डाप्रति आक्रमक हुने प्रहरी अधिकारी हुन।
फेसबुकबाट तपाईको प्रतिक्रिया !