जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारको सिंघम स्टाइल : बोक्सी भन्दै आमा मार्ने छोरा तू का तू पक्राउ
- सिरहा : कार्तिक १५ गते सनिवार ।।
- जनप्रभाब न्यूज
सिरहाको कर्जन्हा नगरपालिकामा बोक्सि भन्दै आमाको हत्या गर्ने छोरालाई प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरेको छ ।
कर्जन्हा नगरपालिका ३ स्थित खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले घरायसी विवादमा आफ्नै आमा ८५ वर्षिय सुदामा देवी साहलाई बोक्सि हो भन्दै घाँटी थिचि हत्या गरेका थिए ।
तर प्रहरीले सोनारलाई तुरुन्त पक्रिएको छ ।
गत मंगलबार बेलुका घरायसी विवादका क्रममा छोराले किलकिले थिचर मार्न खोज्दा घाँटीमा गंभिर चोट लागेर घाईते बनेकी सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचारका लागि भर्ना गरिएको थियो ।
थप उपचारको लागि जिल्ला अस्पताल सिरहामा भर्ना भएकी सुदामाको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ( डीएसपी ) शालिग्राम शर्माका अनुसार कुटपीट गरी घाँटी थिच्ने सुदामाका छोरा राम अवतारलाई प्रहरीले आवश्यक कार्वाहीको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले भने आफ्नै आमालाई बोक्सिको आरोप लगाउँदै कुटपीट गरी मलमुत्र खुवाउने प्रयास गरेको बताएकाछन् । रामअवतारले बोक्सीलाई मलमुत्र खुवाएपछि गुण समाप्त हुन्छ भन्दै मलमुत्र खुवाउने प्रयास गरेको बताइएको छ । तर समयमै प्रहरी घट्नास्थल पुगेपछि उनले आमालाई मलमुत्रभने खुवाउन पाएका थिएनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !