- आलोक यादव
- लहान , कार्तिक ११ गते मंगलवार ।।
दशै तिहार लगायतका चाडपर्व र उत्सवहरुमा सिरहाको लहानमा सँधै झैझगडा हुने गथ्र्यो । मदिरा सेवन गरेर होहल्ला गर्ने र सामाजिक बिकृती निम्तिएका घट्नाहरु पनि बिगतका चाडबाडमा प्रशस्त हुने गर्थे ।
तर यसपालीको दशैमा त्यस्तो कुनै अपृय घट्ना भएनन् । न त मदिरा सेवन गरेर सार्वजानिक रुपमा कसैले होहल्ला नै गर्यो । किन त ? किनभने यसपालीको दसैँमा ईलाका प्रहरी कार्यालयका ईञ्चार्ज डिएसपी शरत कुमार थापा क्षेत्रीले कडा ड्यूटी गरे ।
दसै सुरु हुनु अघि नै डिएसपी क्षेत्रीले गाउँगाउँमा पुगेर घरेलु मदिरा भारीमात्रा नियन्त्रणमा लिएर नष्ट गरे । २४ सै घण्टा सुरक्षा ब्यवस्था कडा गरे । त्यसैले यसपाली दसैमा लहानमा त्यस्तो अपृय घट्ना घटेन ।
दसैमा शान्तिसुरक्षा कायम गर्न अहोरात्र खटेका डिएसपी क्षेत्रीको कामप्रतीको लगन देखेर अहिले लहानबासी भन्ने गर्छन् , वाह , डिएसपी हुन त शरत कुमार थापा क्षेत्री जस्तो ।
डिएसपी क्षेत्रीले गरे ईप्रकामा खानेपानीको ब्यवस्था
डिएसपी क्षेत्रीको प्रयासमा ईलाका प्रहरी कार्यालयमा धारा जडान भएको छ । वोरिगं मार्फत मोटरबाट खानेपानीको ब्यवस्था गरिएको हो ।
ईप्रका स्थापनाकाल देखी खानेपानीको ब्यवस्था हुन सकेको थिएन ।
त्यस्तै डिएसपी थापाले जनप्रतिनिधीहरुको सहयोगमा धनगडी र ठाँडीमा प्रहरी चौकीका लागि जग्गा ब्यवस्था गरेकाछन् ।
डिएसपी थापा क्षेत्रीले धनगडीको बिष्णुपुरमा ५ कठ र ठाँडीमा ५ धुर जग्गाको ब्यवस्था गरेका हुन्
फेसबुकबाट तपाईको प्रतिक्रिया !