- भरतपुर : असोज २९ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
भरतपुर महानगरपालिका -६ का कर्मासिंह गुरुङ्गको नगद ४१ हजार रुपैयाँ म्याजिक (चार पांग्रे सानो गाडी) बाटनै लुटिएको छ । भारतीय सैनिक सेवा बाट अवकास पाएका ७९ वर्षका गुरुङ्गले मङ्गलवार भरतपुरको एसविआई बैंकबाट पेन्सनको रकम झिकरे घर ल्याउदै क्रममा लुटिएको हो । करिव २ बजे बैंक बाट पैसा झिके पछि उनी सेतो म्याजिक चढेर चौविसकोठी आएका थिए । बैंक र चौविस कोठीको दुरी करिव करिव १ किलोमिटर छ ।
उनी चढेको त्यस म्याजिकमा ४ जना २० देखि ३० वर्षका युवाहरु थिए । गुरुङ्गले भने म म्याजिकमा चढेपछि उनीहरुले मेरो ख्याल धेरैनै गरेका थिए । म्याजिक बाट म झरेपछि उनीहरुले भाडा तिर्न पर्दैन बुवा हामी तिर्दिछौ भन्दै म्याजिक रोक्नै दिएन्न् । उनले भने – म्याजिक बाट झरेर आफुले पैसा राखेको झोला हेर्दा पैसा थिएन । पैसा हराएको थहाँ पाउने वित्तिकै गुरुङ्गले सडकमा रहेका प्रहरीलाई पनि भने तर उनले कार्यलयमा गएर निवेदन दिनु भनेरे बाँकी कुरानै सुनेन्न् –गुरुङ्गले भने ।
अहिले प्रहरीमा यस विषयमा निवेदन परेको छ । प्रहरीले सिसिक्यामरा उक्त म्याजिक देखेपनी नम्बर नबुझेको बताएको छ । यद्धपी यस विषयमा अनुसन्धान भई रहेको र थप घटना हुन नदिन सादा पोसाकमा प्रहरी परिचालन गरिरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !