- काठमाडौं : असोज २८ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गर्नुभएको छ । उहाले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्नुभएको हो । उहाले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गर्नुभएको छ ।
दुई मन्त्रीको जिम्मेवारी पनि उहाले हेरफेर गर्नुभएको छ । अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लिलानाथ श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । त्यस्तै उहाँले सञ्चारमन्त्रीमा पार्वत गुरूङलाइ नियुक्त गर्नुभएको छ ।
तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डसँग बालुवाटारमा साढे दुई घण्टा लामो छलफल गर्नुभएको थियो ।
निरन्तर छलफल गरेर उहाले नयाँ मन्त्रीको छनोट गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुको सपथ आजै साँझ वा भोली विहान गराउने तयारी भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !