- लहान ,असोज १६ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
सिरहाको लहान नगरपालिका – १९ स्थित रहेको नोडेगा वनबाट खयर जातको गाछ फडानी हुन थालेको छ ।
जिल्ला वन कार्यालय सिरहा लहानको निगरानीमा रहेको उक्त खयर जातको गाछ सिफारिस विना फडानी भइरहेको जानकारीमा आएको छ ।
त्यस सामुदायिक वनबाट जिल्ला वन कार्यालय सिरहा लहानका वन रक्षक तेज मण्डलको संरक्षण फडानी भइरहेको खुलासा भएको छ । वनबाट खयर फडानी गरी वन रक्षक तेजु मण्डलले आफ्नो घरायसी कामको लागि ल्याएर राखेको स्थानीयले बताए । यसवारे जिल्ला वन कार्यालय लहानले खोजविन गर्न जाँदा रितो हात फर्किएका छन् । वन रक्षकले नै वन विनशमा लागेपछि जिल्ला वन कार्यालय मौन बसेको वन कार्यालय लहानका एक कर्मचारीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !