- सप्तरी ,भदौ ३० गते मंगलवार ।।
- जनप्रभाब – समाचारदाता
नागरिकता र नागरिकताको प्रतिलिपी वितरणबाहेकका सबै कामकाज आजदेखि सुरु गरिएको कार्यालयका प्रवक्ता आनन्द ठाकुरले जानकारी दिनु भयो । उनका अनुसार स्वास्थ्य सतर्कता एवं मापदण्ड पालना गरी कामकाज सुचारु गरिएको छ ।
मन्त्रिपरिषदको साउन २६ गतेको बैठकबाट भएको निर्णय र जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले गरेको निर्णयको आधारमा कार्यालय सन्चालनमा आउन लागेको ठाकुरले जानकारी दिनु भयो ।
यसअघि सोमबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा हटाउने निर्णय गर्दै भीडभाड हुन नदिने निर्णय गरेको थियो ।

















