Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोनाको कहर र जितियाको मर्म

  • लहान,भदौ २५ गते बिहीबार ।।
  • जनप्रभाब – भारती गुप्ता

मधेशमा मनाइने पर्व मध्ये जितियालाई विशेष पवित्र रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् । राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरू भएको पौराणिक कथन छ ।

परापुर्वकालदेखि मनाइदै आइरहेको मधेसी थारु महिलाहरुले धर्मप्रति विश्वास गरी आफना सन्तानकोसुख समृद्धीको कामना गरी नियम र निष्ठापुर्वक जितिया वर्त बस्नको लागि आफना संस्कृतिको पालना गरी मनाइदै आइरहेको महिलाहरुको महान वर्त जितिया वर्त हो ।
कैयो वर्षदेखि जितिया वर्तमा महिलाहरु एकजुट भएर नदीमा स्नान गरी घिरौलाको पातमा खरी सरसोको तेल राजा जितवाहनको स्नान गरेर भिजेको लुगा लगाइ नदी किनारमा घिरौलाको पातमा तेल खरी घिरौलाको फुल पातमा राखेर राजा जितवाहनको पुजागरी आफनो पति र सन्तानको लागि दिर्घायुको कामना गर्छन् । विश्वास गरी नहाइको खाइ वर्तवस्नु एकदिन पहिले गर्छन् । स्नान गरी नदीमा पुजा पाठ गरेर घरमा नियम र निष्ठा पुर्वक कोदोको रोटी नोनीको साग माछा खाने चलन रहेको छ । सकाहारी महिलाहरुले माछा नखाएर कोदोको रोटी र नोनीको साग दहीदुध खाने गर्दछन् । तर यो विश्वभरी फैलिएको माहामारी कोरोना भाइरसले गर्दा महिलाहरु एकजुट हुन पाइरहेको छैन । यो जितिया वर्त मनाउनको लागि महिलाहरुले एक दुईदिन आगाडी नै महिलाहरु आ आफना माइतीमा पुग्ने गरेको थियो । तर यस बर्षको जितिया वर्तमा महिलाहरुले आ आफनै ठाउँमा जितिया वर्त मनाइरहेकोले शहर बजारदेखि गाउँघरमा दिदि, बहिनीहरु नपुगेको अवस्था छ । यसले गाउँघर सुनसान लागेको दुर्गापुर निवासी रामेश्वर महतोको कथन छ । सिरहाको दुर्गापुरमा महिलाको ओहोरदोहोर नदेएिकोले गाउँघर सुनसान लागेको उनको कथन छ ।

यसले गर्दा एक जुट भएर खान स्नान गर्न महिलाहरु नपाउँने अवस्था छ । महिलाहरुले एकठाउँमा जम्मा भएर राजा जितवाहनको कथा भन्ने सुन्ने गर्थे । तर यो माहामारीको समयमा महिलाहरुले आफै कसरी सुरक्षित रहने ? आफनो परिवारलाई कसरी सुरक्षित राख्ने ? र माहामारीको बेलामा वर्त बस्न पनि समस्या भएको डराइ डराई जितवाहनको उपवास गर्न नछाडेको देखिन्छ । कोरोनाको समस्या भएकोले महिलाहरुले जितवाहनको वर्त र उपवासमा र मेला हेर्नमा पनि समस्या भएकोले यसपालीको जितिया वर्तमा रमाइलो नहुने देखिन्छ । महिलाहरु एकआपसमा गन्थनमन्थन गर्न थालेको छ । कोरोना भाइरस कसैको समस्या बुभ्mदै होला । वर्त बस्नु आगाडी महिलाहरुमा विभिन्न शंका उत्पन्न हुँदैछ । नदीमा नुहाउन जान आगाडी नै डरत्रास भएकोले महिलाहरुले एकजुट हुनसकेको छैन । जितिया पवनीमा एकजुट भएर कथा भन्ने सुन्ने वर्त हो । तर कोरोना भाइरकोले गर्दा महिलाहरुले आ आफनै ठाउँमा जितवाहन पुजापाठ गरी आफनो मनलाई सन्तुष्ट पार्दै महिलाको महान वर्तको जितिया पावन हो । यसपालीको जितिय पावनमा महिलाहरुले माइती जान नपाएकोले आमालाई पनि छोरी आउँने आश मात्रै रहियो । आशा निरासा बद्लिएको लहान ७ निवासी जानकी चौधरी बताइन् ।

छोरी नआएकोले घरमा त्यति रमझम भएन । छोरीले जितिया पावनमा आस गरेका थिए । आमा म जितिया पावनमा माइती आउछु । तर यो कोरोना माहामारीले आफनै घरमा बस्नु पर्यो । अहिलेको अवस्थामा समुदायमा फैलिएको कोरोना भाइरसले एकठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सकिरहेको छैन । तैपनि गाउँघरका महिलाहरुले भाइरस के हो ख्याल नगरी समुह बनाएर नुहाउन गएको सिरहाको झाझपटी निवासी क्रान्ति शिवराम महतो बताउँछन् । झाझपटी गाउमा महिलाहरुले समुहमा मिलेर नदी पोखरीमा स्नान गरी पुजापाठ गरिएको उनले भने । तपाईहरु आफनै घरमा जितवाहनको पुजा पाठ गर्नु । महिलाहरुले भने यो वर्षभरीको जितिया पावन हो । सधैँ हामी महिलाहरु समुहमा सखीबहिना बनी राजा जितवाहनको तेल खरी लिएर नदीमा स्नान गरी विभिन्न किसिमको जितवाहनको गीत गाउँदै पुजापाठ गर्छौ । त्यसपछि जितवाहन देवता खुस हुन्छ । त्यसपछि शिवरामले भने घरमा जितवाहनको पुजा गर्नुस् जितवाहन देवता खुस हुन्छ । ‘मन चंगा त कठौतीमे गंगा’ कोरोना भाइरसबाट बाँच्यो भने अर्को बर्ष जितिया पावनमा यो भन्दा तेब्बर मनोरञ्जन गरेर मनौला । जितवाहन देवतालाई खुस पार्नु यो माहामारीबाट बाँच्नको लागि आफनो ज्यानको सुरक्षा आफै गर्नु अति उत्तम हो । समुदाय स्तरमा फैलिएको कोरोना भाइरसबाट आफु पनि बचौँ अरुलाई पनि बचाउ रेडियो सौगातका दैनिकी क्रार्यक्रममा उनले सल्लाह सुझाव दिएका छन् ।

मधेशमा मनाइने पर्वहरु मध्ये जितिया पवित्र र कठोर मानिएको छ । लहान लगायत मधेशमा नहा खा (नुहाएर खानु) गर्दै बुधबारदेखि धार्मिक विधिअनुसार सुरू भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना पर्सादका रूपमा चढाउँने चलन छ । आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने यो महत्वपूर्ण पर्वको रुपमा रहेको छ ।
त्यसैगरी भोलि (बिहीबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले जिल्लाको पवित्र पोखरीहरु पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

व्रत बस्नु अघिल्लो दिनमै (आज) बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना साखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ । त्यसैगरी विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरू ओंगठन सम्पन्न गर्नुपर्छ । अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ नै व्रतीहरुले नियम निष्ठापुर्वक जितवाहन भगवानलाई पुजा गरी जितवाहनलाई चढाएको पर्सादी आफनो बालबचलाई खुवाइन्छ । र, भोलि बिहान केहि खाँदैनन् ।

प्रायः जसो महिलाले ओंगठनमा दही च्युरा खाने गर्छन् । त्यसपछि सुरू हुन्छ कठिन उपवास । आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो वर्त विशेष कठिन रहेको देखिन्छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत रहेको छ । ‘यस पर्वले मधेशी महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छन् ।’ पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh