- एजेन्सी ,भदौ १८ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी ट्वीटर अकाउन्ट ह्याक भएको छ । बिहीबार उनको अकाउन्ट ह्याक गरी क्रमबद्ध रूपमा ट्वीट गरिएको थियो ।
प्रधानमन्त्री मोदीको ट्विटर ह्यान्डल @narendramodi_in ह्याक गरी उनका फलोअर्सले प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा चन्दा दिन अपिल गरिएको थियो । जसमा क्रिप्टोकरेन्सीमार्फत रिलिफ फन्डका लागि दान गर्न उल्लेख गरिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
ट्वीटरले अकाउन्टलाई सुरक्षित गर्न हाल कदम चालिसकिएको सो समाचारमा उल्लेख छ । ‘हामीले सक्रिय रूपमा यो अवस्थालाई अनुसन्धान गरिरहेका छौं। यस समय अरू अकाउन्टहरूमा असर परे-नपरेको बारे हामी सचेत भइसकेका छैनौं,’ट्वीटरले भने।
प्रधानमन्त्री मोदीको कार्यालयले यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया !