- लहान,भदौ १६ गते मंगलवार ।।
- लेखक : भारती गुप्ता
वास्तवमा यो जीवन कति कष्टदाय रहेको छ ? जीवन बाच्ने रहर सबैको हुन्छ । तर, मर्र्ने रहर कसैको हुदैन । मानिसले जीवनमा जति पनि संघर्ष गरेपनि मृत्युको अन्तिम बाटोमा पुग्नै पर्छ, यो नै सत्य हो ।
मानिसको जीवनमा दु.ख पिडाले सताइरहेको हुन्छ । र यसपनि यो कोरोना भाइरसको त्रासले यत्तिबेला मानिस मानिसमा भेदभाव भइरहेको छ । जति बेला पनि सामाजिक दुरी कायम गरी कुराकानी गर्नुपर्ने हो । यसले गर्दा मानिसको स्वभाव विचार सबै गुम्ने अवस्थामा पुगेको छ ।
यो अप्ठयारो जीवनमा आफ्नो तस्विर ऐनामा हेर्नुजस्तो भएको हो । मानिसको जीवनमा विभिन्न किसिमाको रोगले सताइरहेको छ । जिन्दगी के हो ? भन्ने कसैलाई थाहा हुदैन । कति बेला कुन रोगले संक्रमण गर्छ । थाहा हुदैन । जीवन मृत्युसँग लडिरहेको छ । कोरोना भाइरस कति बैला कसलाई सँक्रमण गर्छ थाहा छैन । मानिसकको जीवनलाई कोरोना भाइरसले सताइरहेको अवस्था छ । तैपनि जीवन बाच्नको लागि मानिसले आफनो धन सम्पतिमा त्यतिकै माया रहेको छ । सायत लाग्छ यो संसारमा धन सम्पति बिना कसैले बाँच्न सक्दैन ।
यही धन सम्पतिका लागि हत्या हिँसा भइरहेको छ । तैपनि सम्पतिको माया छुटिरहेको छैन । मानिसले आफु नमरुन्जेलसम्म धन सम्पतिको मायाबाट विछोड हुँदैन । जति विरोध गरेपनि सम्पति कसैको सँगै साथ जाँदैँनन् । मानिसले कमाएको सम्पति त्यो हो । यो अप्ठायारोको जीवन चलिरहेको छ । यो समयमा बेसहरालाई गरिब परिवारमा गएर सोध्नु कस्को घरमा खाना छ कि छैन ?त्यसलाई सहयोग गरेको आफुले कमाएको सम्पतिको सम्मान भएको महसुश हुन्छ । वास्तवमा यो अप्ठयारोे जीवनमै कति सँघर्ष गरेको महसुश भएको हुन्छ । खाली पेट भएको परविारमा कति समस्या छ ।
बालबालिकाहरुले खानाको लागि रोइरहेको छ । यो देखेर आफुलाई भएका सम्पति भगवानको नाममा दान गर्र्नु । तर भगवानलाई दान गरेको सम्पति भगवानले खादैन, व्यर्थ नै हुन्छ । त्यही धन सम्पतिलाई एउटा भुखा परिवारमा खर्च गरेको भएभने त्यही भुखा परिवारमा भगवानको वास भएकोे पाउँनु हुन्छ ,त्यहीबाट खुशी र चरम सुखको अनुभूती पनि गर्न थाल्छ । यहाँ त भलो गर्ने मानिस यो संसारको देवता वास भएको समाजलाई ठान्दै आएको छ । साकारात्मक सोच भएको मानिसले जहिले पनि समाजमा भएको विकृती कुरितीहरु हटाउने प्रयास गर्छन् ।
एउटा समाजमा अन्ध विश्वास हिँसा बलात्कार घरायसी विवाद समाधान भएको समाजमा मन्दिर बनाउन जरुरी हुदैन । भगवानको वास सफा र शान्त परिवारमा हुने गर्दछन् । तर यो कोरोना भाइरस जस्तो माहामारीे आफनो समाजमा नपस्न दिनको लागि सँधै साबुन पानीले हात मिचि मिचि धुनुपर्छ । सफा र सेनिटाइजर लगाउन सबँै बच्चादेखि बृद्धलाई सिकाएको र माक्स लगाउनको लागि पहिले भन्दा तेब्बर गुन्ना सरसफाई रहनको लागि यो कोरोना भाइरले सबै मानिसलाई आग्रह गरेको छ । पहिले के थियो सेनिटाइर कति मानिसलाई थाहा थिएन । माक्स लगाउन अहिले पनि बुढा पाका र कति मानिसले मुख छोपिएको जसरी माक्स लगाएको र नाकलाई खुला राखिएको छ ।
एकले अरुको घरमा भाँडा बर्तन सफा गर्ने । महिलासँग सोधेपछि तपाइले किन नाकलाई नछोपी माक्स लगाइएको हो ? ती महिलाले भने यो माक्स लगाएपछि मेरो साँस ओनाउँछ । त्यसैले नाक खोलेर माक्स लगाउछु । त्यसपछि सोधे पछि कोरोना भाइरस लाग्दैन र ? तपाइलाई अँ मलाई थाहा छैन । कोरोना सोरोनाको थाहा छैन जता छ त्यतै जान्छ । म आफनो काम गर्छु । एक दिन त मर्नु छ । उनले यसरी जवाफ दिए । कोरोना भाइरस लागेको बिरामीलाई देखेपछि आफनो ज्यान जोगाउनको लागि त्यो बिरामीलाई हेला गर्छ ।
यो माहामारी कोरोना भाइरस कसैलाई चिनेको छैन । जानेको छैन । कुन बेला कसलाई प्रवेश गर्छ । थाहा हुदैन । भाइरसलाई समाजबाट निकाल्न विभिन्न प्रयास गरिरहेका छन । मानिसहरुले जहिले पनि सामाजिक दुरीको ख्याल गरीएकोले कोरोना बिरामीलाई जहिले पनि सामाजिक दुरी कायम गरी कोरोना भाइरस भएको बिरामीलाई होसला प्रदान गरी आफु पनि बाँच्नु अरुलाई पनि बचाउनु सबैको कर्तव्य हो । धन सम्पति भएको मानिस यहाँ धेरै छन् । र, धन सम्पति भएको मानिसको कमि छन् । यो संसारमा मानिसलाई जीवनको लागि सँधै भगवानसँग प्रार्थना गर्छन् । हे भगवान हामीलाई स्वस्थ जीवन बनाइदिनुस् ।
भगवान सँग प्रार्थना गर्छ । आत्म विश्वास गरेको तर यो माहामारीको समयमा भगवानले पनि विन्ती सुनिरहेको छैन । मानिसको जीवन मृत्युसँग लडिरहेको समयमा आफनो जीवनलाई सँधै सकारात्मक सोच बनाउदै आगाडि बढ्नुको विकल्प छैन । कहिलै कुन बेला के हुन्छ ? केही थाहा नभएको यो अवस्थामा मानिसले जति सँघर्ष गरेपनि यो माहामारीको समयमा आ ुआफनो परिवारमा जति माया स्नेह, प्रेम गरेपनि एकदिन यो परिवार समाजबाट विदा हुनुपर्ने । स्वभाविक रितिरिवाज हो । यो जिन्दगीमा जन्म भएपछि मृत्यु पनि हुन्छ । यो जीवनको आउने जाने बाटो हो । तर यो विश्वभरी फैलिएको माहामारीे फैलिएको कोरोना भाइरस सँक्रमण भएपछि मानिसको जीवन कष्टकर बन्दै गएको छ ।
अब यस्तो अवस्थामा परिवारको सदस्यहरुले कसैले एक ग्लास तातो पानी दिन जाँदैन । परिवारको माया के हो भन्ने त्यति समयमा थाहा महसुश भएकोले कारोना सँक्रमण भएको मानिसलाई घरमा या अस्पतालमा छुटै आइसोलेसन घर वा अस्पतालमा राखिएकोले विरामीलाई हेरचाह गर्ने कुनै अस्पतालमा पियुनले ज्वरो नाप्ने काम गर्छ ।
चिकित्सकले समयमा आफनो ड्रेस लगाएर उपचार गर्छन् । विरामी निको भए भन्ने चिकित्सकलाई धन्यवाद दिँदै घर फर्किन्छ । तर विरामीलाई ज्यान जोगाउन सक्दैन भन्ने गाली भन्देै घर फर्किन्छ । विरामीालई निको पार्नको लागि चिकित्सकले आफनो परिवारको माया स्नेह आफनो ज्यानको ख्याल नगरी विरामीलाई उपचार गराएकोले अहिलेको अवस्थामा कोरोना भाइरस लागेको विरामीलाई निको पार्ने चिकित्सकलाई भगवान मानुपर्छ । मानिएको हो । तर विश्वभरी फैलिएको यो माहामारीको उपचारमा खटिएका चिकित्सक र नर्सलाई अपमान नगरी सम्मान गर्नु सबैको कर्तव्य हो । अहिले कोरोना सँक्रमण भएको मानिसलाई देखेर हेला गर्छ । त्यसलाई कसैले हौसला सान्तवना दिदैन ।
यदि कोरोना सक्रमण भएको मानिस निको भएर घर फर्किएको समयमा उसलाई घरको सदस्यहरुले राम्ररी व्यवहार गर्देन । त्यति मात्रै होइन । समाजमा पनि नकारत्मक सोच राखिएको हुन्छ । निको भएको विरामीलाई एक आपसमा कुराकानी गर्दैन । कुनै रोगले मृत्यु हुन्थ्यो भने आफनो रितिरिवज अनुसार दाहसँस्कार गथ्र्यो । तर अहिले कोरोना भाइरबाट ज्यान गयो भने त्यो मरेको शरीरलाई छुन पाइदैन । हेर्न पाएका छैन । यो कस्तो विडम्बना हो ?

















