Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बेपत्ताका परिवारकोको प्रश्न : सरकार सासको आश त छैन , लाश कहाँ छ ? भनिदेउ सरकार


  • काठमाडौं ,भदौ १४ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता


‘गाउँको बाटो भएर कोही मानिस आउँदा हत्तपत्त दैलोमा आउँछु । खबर केही आयो कि भन्ने आशमा केही क्षण उत्साहित पनि हुन्छु । केही नभनी जब त्यो मानिस ओझेल पर्छ अनि म निराश हुन्छु । केहीबेर त्यहीँ टोलाउँछु । फेरी मन बुझाउँदै आफ्नै काममा लाग्छु ।’ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका सन्दर्भमा भुरिगाउँमा आयोजित कार्यक्रममा सहभागी हुन आउनुभएकी श्रीमान वेपत्ता पीडित बर्दिया ठाकुरबाबा नगरपालिका ८ सुतैयाकी जयन्ती शाहीले दुःखी हुँदै भनिन् । १९ वर्षअघि २०५८ सालमा श्रीमान वेपत्ता भएदेखि अहिलेसम्म पनि कुनैदिन केही त खबर आउँछ की भन्ने उनको आश अझै छ । तर दुई दशक पुग्न लाग्दा पनि सरकारले अवस्थाका बारेमा नबताउँदा पीडा थपिएको गुनासो छ ।

घटना हो २०५८ सालको । जतिबेला देशमा माओवादी सशस्त्र विद्रोह चलेको थियो । किनमेलका लागि स्थानीय बजार ठाकुरद्धारा जानुभएका जयन्तीका श्रीमान त्यहीँबाट बेपत्ता हुनुभयो । अझैँसम्म पनि फर्किनु भएको छैन । माओवादी सशस्त्र विद्रोहका बेला २०५८ सालमा तत्कालिन नेपाली सेनाले उनका श्रीमानलाई बजारबाटै समातेर लगेको भन्ने खबर जयन्तीले गाउँलेबाट सुनेको सम्झँना छ ।

त्यसयता श्रीमानको कुनै अत्तोपत्तो छैन । वेपत्ता श्रीमानको खोजीमा प्रहरी प्रशासन, संघ संस्था जताततै चाहारेकी जयन्तीको अब श्रीमान फेला पार्ने आश चुडिनै लागेको छ । ‘यतिका वर्ष जहाँ तहीँ धाएँ, १९ वर्ष बितिसक्यो । कहीँबाट केही पनि खबर आएन । कहाँ वेपत्ता पारियो ? अब त सासको आश पनि मर्न थाल्यो,’ कुरा गर्दै जाँदा अहिले पनि भक्कानिने उनले दैनिक नेपालगन्जसँग भनिन् ।
लामो समयको खोजीपछि राज्यले उनका श्रीमानलाई वेपत्ताको सुचीमा राखेको छ । श्रीमानलाई वेपत्ता भनेपछिका पछिल्ला वर्षमा आर्थिक समस्या मात्रै होइन सामाजिक समस्या र मानसिक तनावमा पनि परेको उनको भनाइ छ । श्रीमान वेपत्ता भएको पीडा सुनाउँदै जयन्तीले भनिन्, ‘साह्रै पीडा हुँदो रैछ । यतिका वर्ष आशै आशमा बित्यो । न सास भएको खबर आउँछ, न त लाशको । सरकार प्रति आक्रोश पोख्दै भनिन्, ‘अब सासको आश त छैन सरकार । लाश कहाँ छ ? भनिदेउ ।’

परिवार धान्ने श्रीमान नै वेपत्ता भएपछि जयन्तीको परिवार अहिले पनि समस्यामा छ । जंगल नजिकको ऐलानी जग्गामा घर छ । त्यही ऐलानी जग्गामा खनजोत गरेर जेनतेन परिवारको गुजारा चलाएकी उनी राज्यको तर्फबाट पटकपटक गरि पाएको १० लाख रुपँैया सहयोगले अहिलेसम्म जेनतेन घर चलेको सुनाउछिन् ।
श्रीमानको सास र लाश दुबै नपाएकी जयन्तीले श्रीमानको आशैआशमा पारिवारिक र सामाजिक संस्कार पनि निर्वाह गर्न नपाइएकोमा अर्काे समस्या छ । जसका कारण यतिखेर आर्थिक मात्रै होइन मानसिक र सामाजिक समस्या पनि देखा पर्न थालको उनी बताउछिन् । समाजले श्रीमानको काजक्रिया गर्न दवाव दिन थालेको जयन्तीको भनाइ छ । संस्कार नचलाउँदा सामाजिक बहिस्कारमा पर्न सक्ने त्रासमा उनी छिन् ।

ठाकुरबाबा नगरपालिका ८ सुतैयाकै जानकी केसीको व्यथा पनि उस्तै छ । श्रीमान वेपत्ता भएको १९ वर्ष बित्यो । अझैँ केही अत्तोपत्तो छैन । श्रीमानको पखाईमा मन भुलेको छ । श्रीमान जिउँदो मरेको केही अत्तोपत्तो नपाएकी उनी वेपत्ता भएको वर्षौँ भइसक्दा पनि केही खबर नपाउँदा श्रीमानको आशमा सासै जाने अवस्था आएको बताउछिन् । वेपत्ता परिवारकी पीडित जानकी केसी पनि पछिल्लो समयमा आफुलाई सामाजिक तथा मानसिक पीडा पर्दै गएको बताउछिन् । तत्कालिन माओवादी भएको आरोपमा सेनाले २०५८ सालमा श्रीमानलाई घरबाटै पक्राउ गरेर लगेयता अत्तोपत्तो नलागेको जानकीले सुनाइन् ।

वषौँँ बित्दा पनि वेपत्ता श्रीमानको सास न लाश केही खबर नआउँदा आफु मानसिक र सामाजिक तनाव सहन बाध्य भएको पीडित जानकीको भनाइ छ । ‘घरको मूली वेपत्ता हुँदा पारिवारिक समस्या त झेल्दै आएकी थिएँ । आर्थिक समस्याको त कुरै नगरौँ । अब त समाजले पनि हेर्ने दृष्टिकोणमा फरक पर्न थाल्यो । काजक्रिया गर्न समाजले दवाव दिन थाले । के गर्ने म त दोधारमा छु । परिवारका सदस्य कोही विरामी परे भनेपनि पितृ जागेको भन्ने आरोप लगाउने गर्छन्’, जानकीले सनाइन् ।

द्वन्द्वको समयमा सेना र प्रहरीले मात्र हैन, माओवादीले पनि नागरिकलाई बेपत्ता पारे । जसले बेपत्ता पारेका भएपनि बेपत्ताका परिवारको दःुख उस्तै पाइन्छ । बेपत्ता पारिएका व्यक्तिका परिवारमा घरायसी विवाद बढेपछि बेपत्ता व्यक्तिका श्रीमती परिवारसँग छुिट्टए । बगनाहाकै कन्हैया थारुकी श्रीमती ईन्द्रानीले श्रीमान बेपत्ता भएपछि सासु ससुराका भनाई सहन नसकेर छुट्टीनु पर्यो । कन्हैया थारुलाई २०५८ सालमा माओवादीले आफूसँगै लगेका थिए । त्यसपछि उहाँको अत्तोपत्तो छैन । कन्हैयाकी श्रीमती इन्द्रानी पटक पटक यातना भोगेपछि सासु ससुरासित छुट्टिएर बस्नु परेको छ । ‘आफ्नो जीविका र छोराछोरीको पढाई खर्च चलाउन समस्या भएपछि कहिले ईटाभट्टा र कहिले खेतवारीमा ज्यालादारी गर्थेँ, दःुख पाएको मान्छे काम गर्न जानै पर्यो’ उनले भनिन् । अहिले उनले दोस्रो विवाह गरेपनि सरकारले वेपत्ता परिवारलाई सहयोग गर्नुपर्ने माग छ ।

जमुनादेबी बुढाले पनि श्रीमान पर्खेको दशकौ भैसक्यो । २०५८ सालमा सेनाले बेपत्ता पारेको भनिएका बर्दिया ठाकुरबाबा ८ सुतैया गाउँकी जमुनाका श्रीमान अमरबहादुरको अवस्था पनि अझैँ अज्ञात छ । न लाश छ, न सास छ, अहिलेसम्म बेपत्ता पारिएका आफ्ना श्रीमानको कारण तनावमा परेकी जमुना भन्छिन्, ‘कि त आफ्नो मान्छे देख्न पाउनु पर्यो, कि त क्रिया गर्न पाउनु पर्यो ।’

जयन्ती, जानकी, जमुना, पानु र ईन्द्रानी जस्ता सास र लाशको आशमा बस्ने पीडितहरु नेपालमा धेरै छन् । उनीहरुको जस्तै चर्को दुःख छ, कतिपय बेपत्ताका श्रीमतीलाई । यसरी बेपत्ता पारिएका मानिसका आफन्त र परिवारमा काजक्रिया गर्न नपाउनुको अन्योल त छँदैछ, अर्कातिर सामाजिक कलह पनि निम्त्याएको छ । ‘आफन्त बेपत्ता भएको पीडा त छँदैछ, बेपत्ता पारिएका श्रीमान र आफन्तको खोजीमा उनीहरुले समाजबाट अनेक भनाई खानु परेको छ । बेपत्ता भएका व्यक्तिका श्रीमतीलाई आफ्नै परिवार र छरछिमेकीले पनि जे पायो त्यही भन्न र नचहिँदा कुरा काट्न थालेका छन् ।’ जमुनाले प्रतिनिधिमूलक कुरा भनिन् ।

सशस्त्र द्वन्द्वबेला देशका धेरै ठाउँबाट हजारौं नागरिक मारिए, धेरै वेपत्ता भए । द्वन्द्वका कारण धेरैको अङ्गभङ्ग भयो । दशवर्ष सम्म चलेको तत्कालिन नेकपा माओवादीको सशस्त्र विद्रोहका बेला राज्य पक्ष र बिद्रोही पक्षबाट १ हजार ३ सय भन्दा धेरै नागरिक वेपत्ता पारिए । सबैभन्दा बढी नागरिक वेपत्ता भएको जिल्ला बर्दिया हो । जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्याङ्क अनुसार २०५२ साल फागुनदेखि २०६३ सम्ममा बर्दियामा २७६ जना नागरिक बेपत्ता भए । आफ्ना परिवारका सदस्य वेपत्ता हुँदाको पीडा मात्र होइन, वेपत्ताको परिवारमा सामाजिक, आर्थिक र मानसिक समस्या थपिँदै गएको छ ।

२०५८ सालमै सेनाले बेपत्ता पारेको भनिएका ठाकुरबाबा नगरपालिका ४ बगनाहाका धामु चौधरीकी श्रीमती पानु चौधरीको छिमेकीका फत्तुरे टिकाटिप्पणीबाट मन आहत छ । श्रीमान छैन, घुम्ने मौका पाईछे भन्छन्, बेश्या समेत भन्छन् । बेपत्ता पारिएका श्रीमानको पीडा खेपीरहेकी पानु चौधरीको मन छिमेकीले लाउने लान्छनाबाट झनै दुखेको छ, गाउँमा हामीलाई धेरै हेँला गर्छन्’ पानुले भावव्हिल हुँदै दैनिक नेपालगन्जसँग भनिन् ।

बर्दियाका वेपत्ता पीडित परिवारका सदस्यहरुले लामो समयदेखि सरकारले वेपत्ताहरुको अवस्था सार्वजनिक नर्गदा आफुहरुमा मनोसामाजिक समस्या देखिन थालेको समेत बताएका छन् । वेपत्ताहरुको अवस्था सार्वजनिक नगरेर सरकारले आफुहरुलाई झनै पिँडा थपेको पीडितहरुको आरोप छ । वेपत्ता पारिएका व्यक्तिहरुलाई राज्यले शहिद घोषणा गरिदिए आफुहरु सामाजिक तथा मानसिक तनावबाट मुक्त हुने पीडितहरुको भनाइ छ ।

बेपत्ताका आफन्त र परिवारले भोगीरहेको समस्यालाई नजिकबाट नियाल्नुभएका इन्सेक बर्दियाका प्रतिनिधि मानबहादुर चौधरी बेपत्ता परिवारमा हुर्कदै गरेका केटाकेटीले भोगी राखेका समस्याको बयान गर्दै भन्छन्, ‘साथीहरुसँग रहँदा आफ्नो अभिभावक छैन भन्ने अनुभूति, विद्यालयमा आवश्यक कुराहरु नहुँदाको दुःख र बेपत्ता पारिएका अभिभावकको सम्झनाले उनीहरुमा अनेक मनोवैज्ञानिक असर देखिएका छन् ।’
‘बालबालिका मात्र हैन, बेपत्ता परिवारका पीडित सदस्यहरु र आफन्तमा परेको मनोवैज्ञानिक असरबारे आजसम्म कसैले चासो राखेको देखिँदैन । जनयुद्धको अन्त भएपछि सबैभन्दा बेवास्ता गरिएका श्रेणीमा पर्छन् बेपत्ताका परिवार अहिले पनि । द्धन्द्धका बेला पीडा भोगेका, ज्यान गुमाएका तथा वेपत्ता पारिएका परिवारमा पर्ने मानसिक र भौतिक असरलाई कम गर्न भनेर सरकारले त्यतिबेला केन्द्रमा शान्ति तथा पुनस्र्थापना मन्त्रालय बनाएर जिल्ला जिल्लामा शान्ति समिति गठन गर्यो । तर, उक्त समितिको काम सरकारले पठाएको राहत बाँड्ने काममा मात्रै सीमित रह्यो’ इन्सेकका प्रतिनिधि चौधरलिे भने ।

बर्दिया ठाकुरबाबा नगरपालिकाकी जयन्ती, जानकी, जमुना, पानु र ईन्द्रानी त बर्दियाका पाँच परिवारका प्रतिनिधि मात्र हुन् । तर, बर्दियामा बेपत्ता हुने सबै २ सय ७६ परिवार र मृत्यु भएका ३ सय ९९ मध्ये अधिकाँश परिवार सहित देशैभरीका पीडित परिवारले उनीहरुको जस्तै अवहेलना पीडा र कलह भोग्नु परेको छ । सरकार आफ्नो स्वार्थमै अल्मलिएका कारणले पनि बेपत्ता परिवारका समस्या समाधान गर्न सकिरहेको छैन । सशस्त्र द्धन्द्धका क्रममा वेपत्ता छानविन आयोगमा पीडित परिवारले दिएको उजुरी अनुसार नेपालभर ३ हजार २ सय २० जना व्यक्तिलाई वेपत्ता पारिएको छ । आयोगमा उजुरी परेका २ हजार ५ सय २९ जनाको अनुसन्धान भइरहेको छ । वेपत्ता आयोगमा बर्दियाबाट २ सय ६६ जना पीडितले उजुरी दिएका बर्दियाका इन्सेक प्रतिनिधि चौधरीले जानकारी दिए ।
तत्कालिन माओवादी सशस्त्र विद्रोह चलेको अवधीमा मुलुकभर सबैभन्दा धेरै मानिस वेपत्ता पारिएको जिल्ला बर्दिया हो । माओवादी विद्रोह सुरु भएको २०५२ फागुनदेखि शान्ति सम्झौता नहुञ्जेलसम्मको अवधीमा २ सय ७६ जना मानिस वेपत्ताको सुचीमा रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाको अभिलेखमा उल्लेख छ । वेपत्ता पीडितहरुको समस्याका बारेमा सरकारलाई ध्यानाकर्षण गराउने, पीडितलाई मनोपरामर्श दिने र पीडितका पक्षमा निती निर्माण गर्न सरकारलाई दवाव दिने लगायतका काम द्धन्द्ध पीडित समितिले गर्दै आएको छ । उनिहरु यस वर्ष ज्ञापनपत्र बुझाउने पनि तयारीमा छन् ।

बेपत्ता पारिएका व्यक्तिका श्रीमती र छोराछोरीलाई सरकारले कुनै सीप तथा आयआर्जनमुलक तालीम, रोजगारी, छोराछोरीलाई उच्च शिक्षा सम्मको अध्ययन खर्च, गाँसवास, कपासका लागि महनैपिच्छे राहतको प्याकेज दिइनुपर्छ । तर सर्वप्रथम सरकारले बेपत्ताको अवस्था सार्वजनिक गरी उनीहरूले परिवारबाट पाउने परम्परागत तथा सांस्कृतिक अधिकार दिईनुपर्छ । महिला भएकै कारण विभेद गरी अवहेलना गर्ने समाजमा समताका लागि सरकारले चेतनामुलक कार्यक्रम दिएर बेपत्ता परिवारलाई सबै खालको न्याय दिन दीर्घकालिन समाधान खोज्न बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक नभएको अहिलेको अवस्थामा महिलाले श्रीमतीको नाताले पाउनुपर्ने अधिकार परिवारबाट पाउने व्यवस्था मात्रै गर्ने हो भने पनि यसले चह्रयाएको घाउमा मल्हम थप्ने काम गर्न सक्छ कि सरकार ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh