- काठमाडौं ,भदौ १२ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
उनले आफूहरुले सरकारको कार्यशैली बदल्न खोजेको बताए। नेता नेपालले भने, अह्म नराखौं। जनताका कुरा सुनौं भन्दा कुर्सीको पछि लागेको हुँदैन। कार्यशैली बदलौँ भन्दा कुर्सीको पछि लागेको हुँदैन। हामीले भनेको त्यही हो।सरकारले जनताका कुरा सुन्नु पर्छ भन्नु नै अहिलेको नेकपाको विवाद भएको बताए। नेता नेपालले आफूले कहिल्यै पनि कुर्सीका लागि राजनीति नगरेको बताए।
कार्यक्रममा पूर्वसांसद एवं कांग्रेस नेता दीपकप्रसाद कुईकेलले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर नभएको बताएका थिए। उनले स्थानीय तह कोरोना नियन्त्रणका लागि गम्भीर देखिए पनि केन्द्र र प्रदेश सरकार बेखबर भएको बताएका हुन्।कार्यक्रममा जनस्वास्थ्य विज्ञहरु टिचिङ अस्पतालका संयोजक प्राध्यापक डा. सन्तकुमार दास डा. रमेश ढकाल, डा. रविन्द्र पाण्डे, डा. प्रकाश घिमिरेले कोरोना रोकथामका लागि सरकार र नागरिकले अपनाउनु पर्ने सचेतताका बारेमा जानकारी गराएका छन्।
उनीहरुले सबै अस्पतालले कम्तिमा २० प्रतिशत बेड कोरोनाको उप चारका लागि छुट्याउनु पर्ने सरकारको निर्णय त्रुटीपू र्ण भएको बताए। अरु बिरामीसँगै कोरोनाको उपचार गर्दा व्यापक मात्रामा संक्रमण फैलिने भएकाले त्यसलाई सच्याउन सुझाव दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !