Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

घृणा होइन, कोरोनाविरुद्ध हातेमालो


  • काठमाडौं ,भदौ १२ गते शुक्रबार ।।
  • डा.शेरबहादुर पुन


विगतमा फर्केर एकपटक कोरोनाको शुरुवातीको समयलाई सम्झन चाहे । चीनको वुहान शहरमा सार्स जस्तो भाइरसको कारणले एकैपटक चालीस भन्दा बढी मानिसमा निमोनिया देखिएर अस्पताल भर्ना भएपछि सञ्चार माध्यममा यसको चर्चा शुरु भएको थियो ।

यो लेखकले पनि नेपालमा यो भाइरसको बारेमा पहिलो पटक चासो, नेपाल भित्रिन सक्ने चिन्ता र रोक्ने उपायको बारेमा लेख स्वास्थ्यखबर पत्रिकामा प्रकाशित गरेको थियो । लगतै सोही ठाउँमा अध्यनरत एक विद्यार्थीमा कोरोना भाइरस पुष्टि भयो । यो नै नेपालमा देखिएको पहिलो केश थियो ।

दोश्रो केश देखिनु पूर्व नेपालमा कोरोनाको बारेमा चर्चा हुन शुरु भैसकेको थियो र त्यहि समय देखि नै एक अर्कामा कोरोनाको आशंकाले गर्दा अविश्वासको खाडल देखिन शुरु भैसकेको सम्झना अझै ताझै छ ।

यो अविश्वासको खाडल आजको मितिसम्म आइपुग्दा घृणामा परिणत भैसकेको छ । भरतपुर र काठमाडौँमा केही दिन अगाडि स्वस्थाकर्मीसंग गरेको अमानवीय र अभद्र व्यवहार यसैको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ ।

यी घटनाहरु त सञ्चारका मध्यमहरुमा आएपछि मात्र थाहा भएकाहरु हुन, तर यो बाहेक दैनिकजसो यस्तै प्रकृतिका घटनाहरु कति हुन्छन त्यसको लेखाजोखा छैन अथवा शायद स्वस्थाकर्मीहरु आफुमा घटेका यस्ता घटनाहरु आफैमा दफनााएर बसेका पनि होलान ।

कोरोना सम्बन्धी मृत्यु र अफवाहले मानिसहरु झनै त्रसित

बिगतमा यस्तै प्रकृतिका महामारीहरु नेपालमा पनि देखिदै आइरहेका छन । पछिल्लो पटक स्वाइन फ्लुको नामले चिनिने एचवानएवान भाइरस महामारीको रुपमा देखिएको थियो । यो फ्लु भाइरस हाल पनि हरेक सिजनमा देखिदै आइरहेको छ ।

यो भाइरसको बारेमा पनि अत्यधिक त्रास फैलिदा समाजमा अविश्वास खाडल देखिएको थियो । यो भाइरसको त्रासले गर्दा बिगतमा पनि स्थानीय स्तरमा बिद्यालयहरु बन्द हुने, मानिसको आवतजावतमा कमी आउने, एक अर्कालाई शंकाको दृष्टिले हेर्ने, संक्रमण हुने बित्तिकै मरिन्छ कि भन्ने मनोवैज्ञानिक प्रभावमा रहेका देखिथ्यो ।

नहोस पनि किन काठमाडौँ लगायत देशका बिभिन्न भागहरुमा रुघा खोकी, निमोनिया भएर मृत्यु भएकाहरुमा स्वाइन फ्लुको भाइरस प्रमाणित हुने गर्दथे । हाल पनि कतिपय बिरामीहरु मरेपछि परीक्षण गर्दा कोरोना भाइरस प्रमाणित भएका उदाहरणहरु छन ।

बिक्रम सम्बत २०७२ (दुइ हजार बहत्तर साल) सालको शुरुवाती समयमा जाजरकोटका गाउँहरु भाइरल फ्लुको कारणले प्रभावित भएका थिए । त्यो बेला स्वाइन फ्लु काठमाडौँमा व्यापक भएको र जाजरकोटमा पनि पुगेको अनुमान गरिएको थियो ।

त्यो बेला आजको जस्तो इन्टरनेट सहज थिएन अर्थात् सामाजिक सञ्जालमा सबैको सहज पहुँच नभएपनि स्वाइन फ्लुको ठूलो हल्ला देशै भरि फैलिएको थियो । तसर्थ स्वास्थ्कर्मी र सर्वसाधारण बीच त्रास तथा भ्रमको बिगबिगी थियो । आजभोलि सबैको हातहातमा हुने मोबाइल फोन मार्फत छिनछिनमा सामाजिक सञ्जालमा हुने पहँुचले गर्दा कोरोना सम्बन्धी मृत्यु र अफवाहले मानिसहरु झनै त्रसित हुने गरेको पाइन्छ ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मानिसमा असुरक्षाको अनुभूति बढ्दै गएको देखिन्छ । यहि नै एक अर्कामा शंका र तिरस्कार गर्ने प्रमुख कारक बन्न पुगेको छ ।

चीनबाट फर्केर आउनेहरुले समाजमा भोगेको ‘साइलेन्स तिरष्कृत’

कोरोनाको दोश्रो केश देखिनु पूर्व बिशेष गरेर चीनबाट फर्केर आउनेहरु पनि समाजमा साइलेन्स तिरष्कृत भएर बस्नु परेको थियो र त्यो अनुभब यो लेखेकसंग अन्तरक्रिया हुँदा भन्ने गरेका थिए । चिनियाँ नागरिक देखे पनि टाढा भाग्ने गर्दथे ।

कतिपयले त कोरोना संक्रमित छैन भनेर स्पष्टीकरण दिन प्रहरी चौकी समेत जानु परेको थियो । यसले चीनबाट फर्केकाहरुले कति ठूलो तनाब झेल्नु परेको थियो भनेर देखाउदछ । यो लेखकले चीनबाट फर्केका धेरैसंग कोरोना भाइरसको बारेमा छुट्टा छुट्टै अन्तरक्रिया गर्ने गरेको थियो । यसबाट उनीहरु कति कुन अवस्था समाजमा कुण्ठित भएर बसेका रहेछन भन्ने प्रष्ट देखिन्थ्यो ।

दोश्रो केश देखेपछि भने लकडाउन शुरु भयो । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरियो । केहि राहत मिलेको अनुभूति भयो । यो लेखकले पनि त्योबेला काठमाडौँ धेरै हदसम्म कोरोना सुरक्षित देखिए पनि जोखिम भन्ने उच्च र कायम नै छ भनेको थियो ।

तर, यसै बीच बेलायतबाट लकडाउन अगावै आएका एकै परिवारमा आरडीटी टेष्ट पोजिटिभ देखेपछि हलचल मच्चिएको थियो । सो समय एक वडाबाट अर्को वडामा आउजाउ गर्ने माथि पनि शंकाको दृष्टिले हेर्ने गर्दथ्यो ।

त्यो समयमा नागरिक नागरिक बीच नै बिस्तारै र नजानिदो तरिकाले अविश्वासको खाडल बढ्दै गएको देखिन्छ । क्वारेन्टाइनमा बसेको बेला झाडापखाला लाग्दा र कोरोना पुष्टि गर्न ढिलाई गरिदा क्वारेन्टाइनबाट अस्पतालसम्म पुर्याउन आनाकानी हँुदा मृत्युवरण गर्नु परेको थियो ।

यसले समयमा नै उपचार पाए निको हुने बिरामीले समेत ज्यान गुमाउँदै जानु परेको देखिन्थ्यो । कतिपय त उपचार पश्चात समुदायमा जादा तिरस्कृत हुनु परेको र आत्महत्या समेत गर्नु परेका उदाहरणहरु छन ।

यसले समाजमा भित्र भित्रै एक अर्कालाई बहिस्कार र तिरस्कृत गर्ने प्रचलन शुरु भैसकेको देखिन्छ । यद्धपि यस्तो अवस्था बढ्दै जाला भनेर अनुमान, सम्बोधन गर्ने कोशिस तथा तयारी भने गरिएन ।

यसरी रोपियो समाजमा शंका उपशंकाको बिउ

लकडाउन खोल्ने बित्तिकै मानिसको तीब्र आवतजावत शुरु भयो । यो लेखकले त्यो बेला काठमाडौँमा कोरोनाको संक्रमित बढ्न सक्ने प्रक्षेपण गरेको थियो । यसको मुख्य कारण भनेको स्थानीयले पनि अपनाउनु पर्ने जनस्वास्थका मापदण्ड व्यवहारमा लागू नगर्नु र काठमाडौँ बाहिरबाट आउनेको चाप बढ्दै जाने तर उनीहरुमा संक्रमण थियो थिएन भनेर परीक्षण नगर्दा संक्रमणको जोखिम ह्वात्तै बढ्दै गएको थियो ।

काठमाडौँ बाहिरबाट आएकामा कोरोना संक्रमण देखिन थालेपछि भने स्थानीय र उनीहरुबीच कोरोनाको समस्यालाई लिएर शंका उपशंका देखिन शुरु भयो । काठमाडौँमा स्थानीयमा समेत संक्रमितको संख्या बढ्दै जादा अस्पतालमा स्वास्थकर्मीहरुमा पनि देखिने क्रम बढ्दै गयो ।

अब यो शंका उपशंका नागरिक/नागरिक बीच मात्र नभई स्वास्थकर्मीतर्फÞ लम्बिन थाल्यो । हुनत यो भन्दा अगाडि पनि स्वास्थकर्मीलाई शंकाको दृष्टिले हेर्ने गरेको त थियो, तर दुव्र्यवहारमा नै उत्रिने घटनाहरु भने हाल बढ्दै गएको देखिन्छ । भरतपुर र काठमाडौमा (काठमाडौँमा कोरोना पुष्टि भैनसकेका) चिकित्सकहरु बसेका घर घेर्नु, स्वास्थकर्मीहरु दव्र्यवहारको सामना गर्नु परेको पछिल्लो घटनाहरु हुन् ।

वास्तवमा, चिकित्सकहरु शुरुमा संक्रमित हुने भनेको समुदायबाट आएका बिरामीहरुको उपचार गर्दा गर्दै नै हुने गरेका बिभिन्न अनुसन्धानहरुले देखाएका छन ।

एक हातले ताली बज्दैन : फ्रन्टलाइनरको पीडा कस्ले बुझ्ने ?

शुरु शुरुमा विदेशबाट (बिशेष चीनबाट) आएकाहरु हुदै, नागरिक\नागरिक बीच अविश्वासको खाडल देखिदै, हाल आएर स्वस्थाकर्मीहरु पनि सामाजिक तिरस्कृत हुनेको पंक्तिमा थपिएका छन, र भोलि थप सुरक्षा तथा सञ्चारकर्मीहरु जस्ता फ्रन्टलाइनमा काम गर्नेहरुमा पनि नथपिएला भन्न सकिदैन ।

फ्रन्टलाइनमा रहेर काम गर्नेहरुले आफु जोखिममा हुँदाहुँदै पनि सेवा दिदै आइरहेका हुन्छन, र यो बिशेष गरी समाजको लागि हो भनेर बुझ्न जरुरी छ । तर एक हातले मात्र ताली बझदैन भने झैँ कोरोना बिरुद्धको लडाई जित्न फ्रन्टलाइनमा रहेर काम गर्नेहरुको कोशिश मात्र सक्दैन ।

यसको लागि नागरिक समाजले पनि हातमालो गर्दै जानु पर्दछ । तर घरी घरी मनोबैज्ञानिक तनाब र दुव्र्यवहार हुने क्रम जारी रहेमा कोरोनाको संक्रमण प्रभाबकारी रुपमा नियन्त्रणमा आउन कठिन हुने र नतिजा स्वरुप समाजमा फ्रन्टलाइनहरु मात्र होइन स्वयम् आफै संक्रमित हुनुपर्ने अवस्था श्रृजना हुनेछ ।

किनभने कोरोना भाइरसले ठूलो सानो, धनी गरीब, उच्च वा तल्लो पद, किसान वा ब्यापारी भनेर चिन्दैन, र जो कोहीलाई कुनै पनि बेला संक्रमित हुन सक्दछ । तसर्थ कोरोना बिरुद्धको लडाई एक अर्कालाई घृणा वा दुव्र्यवहार होइन, हातेमालो गरेर अगाडि बढौं ।

लेखक : शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक हुनुहुन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh