Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

के धान खेत मासेरै गरेका थिए गृहमन्त्री बादलले राहत बितरण ?

अछाम,भदौ ८ गते सोमबार ।।

जनप्रभाब – सम्बादाता

अछाम रामारोशन गाउँपालिकाको सैनीबजारमा बुधवार बिहान कैलाश खोलाको बाढीले ठूलो जनधनको क्षती गर्यो । राति १ बजे बजार भित्रै पसेको कैलाशको बाढीले १७ जनालाई बगायो। ती मध्ये १० जना अझै बेपत्ता छन्। तिनका आफन्तजन र सुरक्षाकर्मी डोटी र कैलालीका नदी तटहरुमा अझै आफ्ना मान्छेहरुको लास–श्वास केही भेटिन्छ की भनेर झिनो आँशामै आँशु बगाइरहेका छन्।

घटनाको चौथो दिन गृहमन्त्री रामबहादुर थापा (बादल), पुर्ब गृहमन्त्री तथा अछामकै स्थानीय भीमबहादुर रावल र सुदूरपश्चिमका थुप्रै नेता–कार्यकर्ताहरु त्यहाँ पुगे। पीडित परिवारलाई राहत बितरण गरेर फर्किए। अछामको त्यो दुर्गम कुनो। जहाँ पुग्न सदरमुकामबाट पैदल एक दिन लाग्छ। त्यहाँ बाढीको यति भयंकर बितण्डा मच्चिदा र मानवीय क्षती हुदाँ पनि त्यसमा समबेदना ब्यक्त गर्ने भने थोरै देखिए। तर, त्यो भन्दा ठूलो समाचार शीर्षक बन्यो–‘राहत बितरण गर्दा धानबाली नोक्सानी’ को।

सामाजिक सञ्जालहरुमा गृहमन्त्री थापा र अन्य नेताहरु धानबाली माथि कूर्सी राखेर बसेका तस्बिर सार्बजनिक भए। तिनै तस्बिरहरु देखेर मानिसहरुले धारणा बनाए। फेसबुक र ट्वीटरमा गालीको बर्षा भयो। तर के त्यहाँ साच्चिकै धानबाली माथि यस्तो अमानवीय ढंगले कार्यक्रमस्थल निर्माण गरिएको थियो ? त्यहाँ टेबुल, कूर्सी राख्न नेताहरुलेनै स्थानीय कार्यकर्ताहरुलाई अह्राएका थिए? राहत दिन्छु भनेर गएका नेताहरुले पीडित परिवारलाई आहत दिएरै फर्किएका हुन्?

दुई दिन यता यस्ता धेरै प्रश्नहरु सामाजिक सञ्जालहरुमा गरिए। तर, तिनको उत्तर भने स्थानीयस्तरबाटै आउन थालेको छ। ‘खबर जो बिकता हे’ को हिन्दी शैलीमा सामाजिक सञ्जालहरुमा आएका तस्बिरहरुको वास्तविकता नबुझेर लेखिएका समाचारहरु दुई दिनमै फिक्का भएका छन्।

‘धानखेत मासेर कार्यक्रम गरेको भनेर केहि मिडिया र सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ,’ रामारोशन गाउपालिकाले सोमवार जारी गरेको बिज्ञप्तीमा भनिएको छ,‘फोटोमा देखिएको धान कार्यक्रमका लागि भाचिएको नभएर बाढीले बालुवासहित बगाएको हो।’ बाढीले बगाएको र पटान गरेको खेतमा राहत बितरण गरिएको र त्यही स्थानमा कार्यक्रम गर्न स्थानीयबासिन्दा, जनप्रतिनिधिहरुको सल्लाह भएको बिज्ञप्तीमा लेखिएको छ।

भदौ २ गतेको विनासकारी बाढीले रामारोशन गाउँपालिका ५ स्थित सैनिबजार लगायत सम्पुर्ण कैलाश तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। क्षतीको निरीक्षण तथा राहत हस्तान्तरण गर्न गृहमन्त्री थापा, पुर्व उपप्रधान तथा गृहमन्त्री रावल, उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्ट, राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, तारामान स्वार लगायतको टोली त्यहाँ पुगेको थियो।

गाउँपालिका अध्यक्ष झँकरबहादुर साउदद्धारा जारी बिज्ञप्तीमा धान खेत मासेर कार्यक्रम गर्नुहुदैन भन्ने ज्ञान स्थानीय सरकारलाई समेत भएको उल्लेख छ। जग्गा धनी पठानसिंह साउँदले पनि बाढीले धान बालीमा गरेको क्षतीको प्रत्यक्ष अवलोकन गराउन त्यहाँ आफुले नै कार्यक्रम गर्न भनेको बताए। ‘बाढीले धान खेत सोत्तरै बनाएको थियो। धान मासेर त्यहाँ मञ्च बनाइएको होइन,’ साउदले भने, ‘वास्तविकता नबुझेरै समाचार लेख्दा दुःख लागेको छ।’

यस्तै राससका अनुसार गृहमन्त्री थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएको समाचार तथा टिप्पणीको उनको सचिवालयले खण्डन गरेको छ।

बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको जनाउँदै सचिवालयले प्रचार गरिए जस्तो धानखेतमा कार्यक्रम नगरिएको प्रेस नोटमार्फत स्पष्ट गरेको हो। गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले राहत वितरणका क्रममा धानबाली नष्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार रहेको बताए। कार्यक्रमस्थलको छनोट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको जनाइएको छ। ‘बाढीले नष्ट गरेको खोला किनारको धानखेत नजिकै कार्यक्रमस्थल बनाइएका सम्बन्धमा विभिन्न कोणबाट आएका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा यस्ता कुरामा समेत थप सचेतता अपनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ’, प्रेस नोटमा भनिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh