- तनहुँ ,भदौ २ गते मंगलवार ।।
- जनप्रभाब-सम्बादाता
तनहुँको व्यास नगरपालिका- १ निवासी ५० वर्षीया महिलाकाे काेराेना संक्रमणका कारण पाेखरामा मृत्यु भएकाे छ । कास्की सेवा अस्पतालमा उपचारका लागि ३२ गते गएकी ती महिलाको उपचारकै क्रममा मृत्यु भएकाे हाे । उनी छोरीमा पनि संक्रमण देखिएकाे छ ।
मृतक महिला पोखरा- १२ हस्पिटलचोकस्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत थिइन् । उनको सोमबार राति ११ बजेर ३६ मिनेटमा अस्पतालमै उपचारको क्रममा मृत्यु भएको अस्पताल स्राेतले जनाएकाे छ । स्राेतका अनुसार उनलाई निमोनिया भएपछि अस्पतालमा ल्याइएको थियो । पोखरा जानू अघि दमौलीकै एक मेडिकलमा उनकाे उपचार गरिएको भेटिएकाे छ । मृतक महिलामा मधुमेहसँगै मुटुरोगको समेत समस्या रहेको जनाइएको छ ।
केहिबेरअघि मात्र प्राप्त नतिजाअनुसार उनमा कोभिड-१९ पोजिटिभ देखिएको बताइएकाे छ । यद्यपि यसबारे क्षेत्रीय स्वास्थ्य निर्देशनालयले केही जानकारी दिइसकेको छैन । नेपाली सेनाले नै आज उनको अन्तिम संस्कार गर्नेछ । यसको लागि तयारी भइरहेको छ ।
हालसम्म तनहुँमा २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १८३ जना भने निको भइसकेका छन् । अहिले ३५ सक्रिय केस रहेका छ्न् ।
समुदाय स्तरमा कोरोना देखिएपछि तनहुँका ५ स्थानीय तहमा लकडाउन गरिएको छ । अन्य पालिकामा उच्च सतर्कता अपनाइन थालेको छ । नजिक अाइरहेका चाडपर्वका कारण बजारमा हुने भीडभाडलाई कम गर्न र जोखिम नियन्त्रण गर्न जिल्ला प्रशासनले एक साताका लागि व्यास नगरपालिकामा र दुई साताको लागि भानु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !