- सिरहा,साउन २५ गते आइतबार ।।
- जनप्रभाब-सम्बादाता
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागी गरेको सामान खरिदमा सिरहा नगरपालिकाले व्यापक अनियमिता गरेको पाइएको हो।
कोरोना भाइरस रोकथामकालागि नगरपालिकाले राहत वितरण तथा अन्य समाग्री खरिदमा सामानको २८ गुणासम्म बढी मूल्यमा खरिद गरी ब्रह्मलुट गरेको खुलेको छ ।
कोरोना रोकथामकालागि नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४३० रुपैयाँ खर्च गरेको विवरण सार्वजानिक गरेको छ ।
जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिले स्थानीय तहहरुलाई तीनदिन भित्र कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको विवरण बुझाउन गरेको तोकदा अनुसार बिहिबार १२ स्थानीय तहले खर्च विवरण बुझाएको छ ।
जसमध्ये सिरहा नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरण अनुसार २८ सय ७७ रुपैँयाको दरले १ सय ११ वटा तकियाको खोल खरिद गरिएको छ । खोल खरिदमा ३ लाख १९ हजार २ सय ७५ रुपैँयख खर्च गरेको विवरणमा उल्लेख छ ।
यस्तै ३ हजार ९ सय ३१ रुपैँयाको दरले ५ सय ११ वटा तकिया खरिदमा नगरपालिकाले २० लाख ८ हजार ९ सय ५० रुपैँया खर्च गरेको छ । खर्च विवरण अनुसार १ सय १५ थान रेनकोट खरिदमा नगरपालिकाले १९ लाख ३ हजार रुपैयाँ खर्च गरेको देखाएको छ ।
नगरपालिकाले गरेको खर्च अनुसार एउटा रेनकोट खरिदमा १६ हजार ५ सय ४८ रुपैँया खर्च गरेको छ । जबकी बजार भाउ अनुसार १ हजार रुपैँयाभन्दा समेत कम मूल्य पर्दछ ।
यसैगरी ९ हजार २ सय ५ रुपैँयाको दरले ३ सय ३७ थान रेनवुट खरिदमा नगरपालिकाले ३१ लाख २ हजार १ सय ५० रुपैँया खर्च गरेको छ । ३ सय ४९ वटा बेड निर्माणमा २५ लाख ९ हजार ४ सय रुपैँया खर्च गरेको नगरपालिकाले विवरण सार्वजनिक गरेको हो । यस्तै ८७ हजार ५ सय ७५ थान माक्स खरिदमा २० लाख २ हजार ९ सय ९७ रुपैँया खर्च गरेको छ ।
बजारमा १० रुपैँया प्रति थान पाइने मास्क नगरपालिकाको हिँसाबले २२ रुपैँया ८७ पैसा पर्दछ । तर त्यसमध्ये एन—९० मास्क समेत खरिद गरिएकाले सो रकम बढी देखिएको नगरपालिकाको दावी छ ।
यसैगरी ७ थान थर्मलगनमा १५ हजार ७ सय ५३ रुपैँया खर्च गरेको छ । ग्लोव्समा ६८ लाख ८ हजार ८ सय रुपैँया खर्च गरेको पाइएको छ । नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरण अनुसार ग्लोब्स प्रति थान १८ रुपैँया ५८ पैसाको दरले किनेको छ जबकी बजार भाउको मूल्य अनुसार १५ रुपैँया मात्र पर्दछ ।
यस्तै ५ हजार ९ सय ९९ लिटर सेनिटाइजर १४ लाख १ हजार ९७ हजार रुपैँयामा खरिद गरेको छ । यस्तै ७२ कार्टुन साबुन खरिदमा नगरपालिकाले १७ लाख २ हजार १ सय ९५ रुपैँया खर्च गरेको छ । यस्तै २ सय २५ थान पि.पि.ई. खरिदमा ९१ लाख ८ हजार ४ सय ९१, किटनाशक औषधि छरिर्ने स्प्रे ५ हजार रुपैँया खरिद गरेको छ । झुल सुपानेटमा ३ लाख ३० हजार रुपैँया खर्च गरेको विवरणमा उल्लेख छ ।
कम्बलमा ४ लाख २४ हजार ५ सय ७५, स्प्रीट २ हजार ६ सय रुपैयाँको खर्च विवरण दिएको छ । विद्युतिय सामाग्री ६ लाख ५६ हजार ६ सय २५, खानेपानी धारा सामाग्री खरिद २ लाख ५८ हजार ६ सय ५१, फलामे खाट ११ लाख ९४ हजार ६ सय ८५, किटनाशक औषधी छरिने स्प्रे ठुलो १ लाख ४९ हजार ७ सय २५, क्वारेन्टाइन बस्नेको खाना, नास्ता र चिया ३१ लाख ८३ हजार ५ सय, जोखिम भता १३ लाख ५४ हजार, लामखुट्टे औषधि खरिद तथा छरकिने कार्य र सरसफाई १७ लाख ५० हजार खर्च गरेका छन् ।
त्यसैगरी वडाबाट वडा नम्बर १ देखि २२ सम्म राहत वितरणमा २ करोड ७७ लाख ७९ हजार ४ सय, वडा १ देखि २२ सम्म माक्स, सेनिटाइजर, साबुन, ग्लोव्स वितरण १ कारोड ४ लाख ८४ हजार ९ सय १६ खर्च रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !