- मोरङ,साउन १५ गते बिहिवार ।।
- जनप्रभाब-सम्बादाता
विश्वबजारको खतरनाक मानिने आइस ड्रग (मेथामफेटामाइन) सहित एक ब्यापारी मोरङबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण कार्यालयको टोलीले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका व्यापारी रामप्रसाद पोखरेललाई मंगलबार साँझ बिराटनगरबाट पक्राउ गरेको छ ।
आधा किलो मेथामफेटामाइन आइससहित पक्राउ परेका ब्यापारी पोख्रेलको खानतलास गर्ने क्रममा पोखरेलको साथबाट २ सय २२ ग्राम र घरमा लुकाएको अवस्थामा थप पाँच सय ३० ग्राम उक्त लागु औषध प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिनु भयो ।
विश्वको महंगो सूचीमा पर्ने लागुऔषध मोरङमा बरामद हुनु आश्चर्यजनक रहेको प्रहरीले बताएको छ । पोखरेलमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

















