- काठमाडौं,साउन १२ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले स्थानीय तहमा भ्रष्टाचार बढेको बताउनुभएको हो ।
संसदको राज्य व्यवस्था समितिमा अख्तियार प्रमुख घिमिरेले स्थानीय तहको काम कारवाहीमाथि प्रश्न उठाउनुभएको हो । एउटा वडाध्यक्षले समेत करोडमा घुस लिने गरेको सूचना आयोगसँग रहेको घिमिरेले जानकारी दिए ।
प्रमुख आयुक्त घिमिरेले स्थानीय तहका जनप्रनिधिको सम्पत्ति छानबिनमा आयोग सक्रिय रहेको जानकारी दिनुभयो ।
उपभोक्ता समितिले ठेक्का लगाएर काम गराउने प्रवृतिले पनि भ्रष्टाचार बढाएको उहाँले बताउनुभयो । उहाँका अनुसार दाजु वडाध्यक्ष र भाई स्काभेटरको मालिक भएर काम गर्ने प्रवृत्ति छ ।
साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही गर्ने गरिएको उहाँले दावी गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !