- काठमाडौं,साउन १२ गते सोमबार ।।
- जनप्रभाब-सम्बादाता
प्रधानन्यायाधीश सहितको इजलासले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन हुने भएको हो ।आइतबार न्यायाधीशत्रय बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश दिएको छ । आइतबार बसेको पूर्ण इजलासले तीन वटा आधार प्रस्तुत गरेको छ ।
कोइरालाकी पत्नी गीताको शब लुकाउन गरेको प्रयत्नबाट वारदात सामान्य र भवितव्य भन्न नमिल्ने, अदालतले यसअघि प्रतिपादन गरेको सिद्धान्त ‘नजिर’ प्रतिकूल फैसला र अदालतले आरोपितले कसुर इन्कार गरी आफ्नो व्यहोरा लेखाएको पाइएको हुँदा पुनरावलोकन गर्न मनासिव भएको ठहर गरेको छ ।
सर्वोच्चको पूर्णइजलासले तीन वटा नजिरहरु समावेश गरेको छ । पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।
सर्वोच्चको फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् । सर्वोच्चको फैसला त्रूटिपूर्ण रहेको भन्दै महान्यायाधीवक्ताको कार्यालयले कोइराला छुटेकै दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।
सशस्त्रका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !