- काठमाडौं, साउन १० गते सनिवार ।।
- जनप्रभाब-सम्बादाता
नेपालमा आज सनिवार थप १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भयो ।
योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ४८३ पुगेको छ । संक्रमितमध्ये कोरोनालाई जितेर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै १०६ जना निको भएर घर फर्किएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !